October 20, 2008

यसपालिको दशैं

                         अच्युतप्रसाद पौड्याल "चिन्तन"

यसपालिको दशैं आंसु र हांसोको दशैं

नेताहरुको दशैं अमेरिकाको दशैं

हांसो नै हांसोको दशैं, यसपालिको दशैं

नेपालीहरुको छाप्रोमा भोटे ताल्चा लागेकोदशैं

यसपालिको दशैं आंसु नै आसुको दशैं

नयानोटको अभावको दशैं

जताततै बाटो जाम भएको दशैं

यसपालिको दशैं, ग्यांस नपाएको दशैं

चामलमा लाइन वसेको दशैं , आंसु नै आंसुको दशैं

कोशीले रुवाएको दशैं , रोसीले वगाएको दशैं

कैलाली डुवेको दशैं यसपालिको दशैं आंसुको दशैं

दोव्वर तलव हात पर्ने हल्लाको दशैं ,

दुइहजारको वृद्धिले आयकर ठिक्क भएको दशैं

यसपालिको दशैं , आंसुको दशैं

नयानेपालको हनुमानढोका रक्ताम्मे भएको दशैं

ववरमहलमा मोटरसाइकल ठोक्किएको दशैं

थापाथली मन्डलाको अनसनको दशैं

ठूल्दाइले जंगल खाजेको दशैं

सान्दाइले शहर रोजेको दशैं

अर्को दाजु प्रतिपक्षमा वसेको दशैं

अर्को दाजुले दिव्य उपदेश दिएको दशैं

लगत्तै दशैं पछि राज्यको उपस्थिति घोषणा हुने दशैं

यसपालिको दशैं

आयलनिगमले विकेन्द्रीकरण धानेको दशैं ,

विदाको मौका छोपी ग्यास वाडेको दशैं

ववरमहलको दशैं , विकेन्द्रीकरणको दशैं ,

यसपालिको दशैं , क्या राम्रो दशैं

नंयानेपालको दशैं विदेशसयरको दशैं

मन्दिरहरु रक्ताम्मे भएको दशैं नयानेपालको दशैं

स्याङजामा छोराले वावुलाइ मारहानेको दशैं

फुटपाथ पूरै वजार भएको दशैं

पैदलयात्रुहरुलाइ सास्तीको दशैं यसपालिको दशैं

धादिङको जोगीमारा रातो भएको दशैं

विदेशी पर्यटक हानेको दशैं यसपालिको दशैं

लुक्लामा डेर्ढदर्जन सिद्धिएको दशैं

यसपालिको दशैं आंसु वढी र हांसो कमको दशैं

यसपालिको दशैं यस्तो भो दशैं

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/10/20/p518/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com