October 19, 2008

फेरी फुट्यो सद्भावना आनन्दीदेवी

Filed under: ए हो र

 चिरा चिरामा विभाजन भएको सद्भावना आनन्दीदेवी फेरी फुटेको छ । दुइओटा समूहमा विभाजन भएको सद्भावनाका दुइसमुहका छुट्टा छुट्टै अधिवेसन शुरु भएपछि सद्भावना फेरी फुटेको हो । सद्भावना गुप्ता समुहको पाँचौ राष्ट्रिय महाधिवेसनको सुरुवातसँगै पार्टी फुटको संघारमा पुगेको हो । सद्भावना गुप्ता समूहको पाँचौ राष्ट्रिय अधिवेशन तीनदिनसम्म चल्नेगरी आदेखि भैरहवामा शुरु हुँदैछ ।

आजदेखि ३ दिनसम्म चल्ने महाधिवेसनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेसनको उद्घाटन कार्यवाहक अध्यक्ष श्यामसुन्दर गुप्ताले गर्नुहुनेछ । गुप्ताले २१ मध्ये १७ जना केन्द्रीय सदस्य आफु सँग रहेकोले आफ्नो समुह नै आधिकारीक भृको दावी गर्नु भएको छ । उहाँले आनन्दी देवी अध्यक्ष रहेको समुहले गरेको अधिवेसनले वैधानिकता नपाउने बताउनु भयो ।

 उता १ गते शुरु भएको आन्दीदेवी समुहको महाधिवेसन नयाँ नेतृत्व चयन गर्दै आजै जनकपुरमा सकिन भएको छ । आनन्दीदेवी समुहले पनि आफ्नो समुह नै आधिकारीक रहेको र निर्वाचन आयोगले पनि आफुलाई आधिकारीकता दिएको दावी गरेको छ ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/10/19/p515/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com