संचार समूहको अन्तरक्रिया सम्पन्न
सन्चारसमूह नेपालको आयोजनामा मासिक अन्तरक्रिया कार्यक्रम स्रष्टा एक सिर्जना अनेक विषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका संयोजक अध्यात्म क्षेत्रका प्रखरवक्ता अच्युत प्रसाद पौडेल चिन्तनले पुरुषत्वको लक्षणवारे आठ वुंदे कार्यपत्र प्रस्तुत गरेका थिएभने डा. विष्णुहरि नेपाल, दामोदर गौतम एवं केशव चौलागाइंले कार्यपत्रमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । सरकारका उच्चपदस्थ महेश्वर शर्मा पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा वोल्दै योग साधना एवं भक्ति समपर्णवाट मानव जीवनमा सकारात्मक सोचाइमा वृद्धि भइ राष्ट्र रुपान्तरण कार्यमा सहयोग हुने वताएका थिए । मातृशक्ति विष्णु गौतमको सभापतित्वमा संचालित सो कार्यक्रममा शरदकालीन काव्य गोष्ठी अर्न्तर्गत स्रष्टा रामवहादुर पहाडी, विजयध्वज थापा, भाग्यशालि अधिकारी, दिपेन्द्र थापा, माधव परियार, सुविसुधा आचार्य आदि एक दर्जन वढि स्रष्टाहरुले आ-आफ्नो रचना वाचन गरेका थिए । हरेक महिनाको पहिलो शनिवार ११ वजे संचारसमूह नेपालको सभाकक्षमा साहित्यकार तथा वरिष्ठ संचारकर्मीअच्युत प्रसाद पौडेल चिन्तनको संयोजकत्वमा सम्पन्न हुने स्रष्टा एक सिर्जना अनेक विषयक कार्यक्रममा धर्म, संस्कृति, कला, सिर्जना, गायन आदि विषयवस्तुहरु प्रस्तुत गर्न सकिने व्यहोरा आयोजक पक्षले जनाएको छ ।