बस दुर्घटनामा १४ को मृत्यु
आज बिहानै धादिङको भूमेस्थानमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । पृथ्वीराजर्मागको भूमेस्थानको हुलाकडाँडामा विहान पाँच बजे भएको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो ।
मृतकको सनाखत भने हुन सकेको छैन । दुर्घटनामा २५ भन्दा बढी घाइते भएका छन् । विरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ३ ख. ३५ ५४ नम्बरको बस हुलाकडाँडाबाट २०० मिटर तल खस्दा दुर्घटना भएको हो । घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।