September 17, 2008

रातभर आन्दोलन गरे पनि प्रेमिका पाउने टुंगो लागेन

इटालीका एक व्यक्तिले आफ्नी प्रेमिकालाई पाउन एक दिन र रातभर धर्ना बसेका छन् । तर यो धर्ना चाहिँ कुनै भगवानलाई खुशी पारेका कारण पाएका होइनन्, बरु नन बन्छु भनेर अन्तिम तयारी गरिरहेकी एक महिला आफ्नो प्रेमीको ब्रतबाट खुशी भएर चाहिँ पाएका हुन् ।

२१ वर्षीय ड्यानियल ब्रियाटोरलाई उनकी २१ वर्षीया प्रेमिका प्यात्रिजिया मासोरियोले दिल तोडिदिएकी थिइन् । बरु लोग्नेमान्छेसँग संगतै नगर्ने भन्दै नन हुन तीन सय माइल टाढाको चर्चमा पुगेकी थिइन् । तर उनका प्रेमीले चर्च बाहिर नै दिनभरि र रातभरि क्याम्प खडा गरिदिए । उनी बाहिर नआउञ्जेल आफू त्यो क्याम्प नढाल्ने चेतावनी पनि दिएको डेली पत्रिकाले जनाएको छ ।

इटालीको अलासियो शहरभन्दा ३ सय माइल टाढा गएर भए पनि प्रेमिकालाई फकाई ल्याउने दृढताका साथ उनी त्यतातिर लागेका थिए । यो स्थान रोमको दक्षिणी भागमा पर्दछ ।

यता प्रेमिका प्यात्रिजियाले केटालाई हेर्न समेत अस्वीकार गरेकी थिइन् । तर केटाले एउटा ब्यानर बोकेका थिए, जसमा लेखिएको थियो- "म तिमीलाई फिर्ता लैजान होइन, मात्र बोल्न चाहन्छु किनभने म तिमीलाई असाध्य माया गर्छु ।"

यो ब्यानर देखेपछि त्यहाँका ननहरुको कन्सिरी तातेको थियो र तिनीहरुले ड्यानियललाई त्यहाँबाट लखेट्ने खूप प्रयत्न गरेका थिए । तर अटेर गरेर ड्यानियल बसिरहे । उनको ब्यानर च्यात्तिए पनि जुनसुकै मूल्यमा आफू त्यहाँबाट नडग्ने बताएपछि उनको त्यो अभियानलाई त्यहाँका स्थानीय गाउँलेहरुले तिनलाई सहयोग गरेका थिए । ड्यानियलसँगै स्थानीय गाउँलेहरुले नाराबाजी शुरु गरेपछि भित्रभित्रै प्यात्रिजियालाई अर्कै कन्भेन्टमा पठाइएको थियो ।

यसरी नाराबाजी हुन थालेपछि टीभीको ओहिरो लागेको त्यहाँकी ननले पत्रिकालाई टेलिफोनबाट जानकारी गराइन् । यता रातभर आन्दोलन गरे पनि अझैसम्म प्रेमिका पाउने टुंगो नलागेको ड्यानियलले जानकारी गराएका छन् ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/09/17/p496/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com