September 16, 2008

नाङगा साईटहरु बन्द गर्ने

गृहमन्त्री वामदेव गौतमले इन्टरनेटमार्फत फैलिएको अश्लीलता तत्काल रोकी साइबर क्याफेलाई पारदर्शी बनाउन प्रहरी अधिकारीलाई निर्देशन दिएअनुसार काठमाडौंमा रहेका साइबर क्याफेबाट क्याबिन हटाउनेदेखि अश्लील वेभसाइटहरू ब्लक गर्नेसम्मका योजना प्रहरीले अघि बढाएको छ ।
नग्न साइटहरू नेपालमा बन्द गराउन प्रहरीले महानगरीय प्रहरी आयुक्तको कार्यालयका डिएसपी रविन बस्नेतको नेतृत्वमा कार्यदल बनाएको छ । कार्यदलमा प्रहरी निरीक्षकहरू सीताराम रिमाल, प्रदीप केसी र नरेश मल्ल छन् ।
प्रहरीले प्रारम्भमा साइबर क्याफेबाट क्याबिन हटाउने अभियान सुरु गरेको छ । आइतबारबाट प्रहरीहरू उपत्यकाको साइबर क्याफेको अनुगमनमा लागेका छन् । कार्यदलले क्याबिन हटाउने, बालबालिकालाई साइबरमा प्रवेश गर्न रोक्ने, साइबरमा आउने ग्राहकको नाम र सूची राख्न लगाउनेलगायतका काम अगाडि बढाएको छ । दर्ताबिना चलेका साइबर क्याफे बन्द गराइने प्रहरीले जनाएको छ ।
अश्लील साइटहरू नेपालमा हेर्न नमिल्ने बनाउन इन्टरनेट प्रदायक (आइएसपी) हरूसँग प्रहरीले छलफल गरेको छ । छलफलमा आइएसपीहरूले नग्न साइटहरू बन्द गर्न तयार रहेको बताएका थिए ।
नेपालमा निजी क्षेत्रका ३३ वटा आइएसपी छन् । एक तथ्यांकअनुसार एसियाली राष्ट्रहरूमा अश्लील साइट हेर्नेहरूको संख्याका आधारमा नेपाल पाँचौं स्थानमा पुगिसकेको छ । नेपालमा करिब चार लाख इन्टरनेट प्रयोगकर्ता रहेको अनुमान छ । सरकारको आग्रहअनुसार इन्टरनेट प्रदायक र साइबर क्याफे सञ्चालक सरकारलाई सहयोग गर्न तयार देखिएका छन् ।
अश्लील साइटहरूका प्रयोगकर्ताको संख्या बढ्दै जाँदा यौनजन्य अपराधहरू बढेको र बालबालिकामा नकारात्मक असर परेको निष्कर्ष निकाल्दै साइटहरू ब्लक गर्ने अभियान सुरु गरिएको हो ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/09/16/p494/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com