शान्ति प्रक्रिया गन्तव्यमै पुर्याएर छाड्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया गन्तव्यमै पुर्याएर छाड्ने दृढता व्यक्त गरेका छने । ३१ भदौमा इन्डिया इन्टरनेशनल सेन्टरद्वारा नयां दिल्लीमा भारतका बौद्धिकवर्गलाई विशेष सम्बोधन गर्दै उनले शान्ति प्रक्रियामा चुनौती बांकी भएपनि पार गरेरै छाड्ने बताए ।
१२ बुंदे समझदारी हुदै आफूहरु संविधान निर्माण प्रक्रियासम्म आइपुगेको बताउदै त्यसमा भारतको सहयोगका लागि धन्यवाद दिए । भारतीय बौद्धिक समुदायबाट संविधान निर्माणमा सहयोगको आशा व्यक्त गरे । आफू विगतमा गरेको प्रतिवद्धता पूरा गर्न सधै अग्रसर हुदै आएको बताए । नेपाल र भारतबीचको सम्बन्धलाई नयां शिराबाट अगाडि बढाउन आफू सक्रिय भएको बताए । बहुदलीय लोकतान्त्रिक गणतन्त्रप्रति कुनै शंका नगर्न आग्रह गरे । नेपाल आर्थिक क्रान्तिको बाटोमा लागेको उनको भनाई थियो ।