September 23, 2008

दशैको शुभकामना

विर्घा व्लगका आदरणीय पाठक, मेरा मित्रहरु, मेरा असल काममा हौशला वढाउने र खराव प्रति औला ठड्याउने सवैमा वडा दशै २०६५ को हार्दिक मंगलमय शुभकामना ।

विशेष कारणवस इन्टरनेटको पंहुच वाहिर रहनु परेकाले केही समय विर्घा व्लग नियमित अपडेट हुन नसक्ने जानकारी गरांउदछु ।

विर्घामा निशुल्क स्वास्थ्य शिविर

दशैको मुखमा विर्घामा वृहद स्वास्थ्य शिविर हुन लागेको छ । विश्व मुटुरोग दिवसको अवसर पारेर यही अशोज १० गते विर्घा ६ करन्डाडामा हुन लागको उक्त शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला सहभागी हुदै हुनुहुन्छ ।

विर्घा ६ भुष्टुड्ड निवासी यामप्रसाद पान्डेको विशेष पहलमा नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान परिषद, शहिद गंगालाल ह्दयरोग प्रष्ठिठान र हर्ट टु हर्टद्धारा संयुक्त रुपमा आयोजना हुन लागेको उक्त शिविरमा विभिन्न १७ जना ख्यातिप्रप्त चिकित्सकहरुले निशुल्क सेवा दिने भएका छन । उक्त शिविर व्यवस्थापनकालागि स्थानीय स्तरमा पुर्व गाविस अध्यक्ष यज्ञमुर्ति पान्डेको संयोजकत्वमा एक समिति विर्घामा क्रियाशिल रहेको छ । यशै शिविरकालागि म पनि यही असोज ९ गते विर्घा तर्फ जानुपरेकेाले व्लग समयमै अपडेट नहुने भएको छ । आउदो दशै मनाएर मात्र म फर्कने छु ।

 दशैका अवसरमा केही नंया क्रियाकलाप हुनेछन । भलिवल, हाजिरी जवाफ लगायतका अतिरिक्त क्रियाकलाप गरिनेछन । यशै अवसरमा पर्ने वडा दशैको तंपाइहरु सवैमा शुभकामना । दशै पछाडी दशैका र गांउघरका अधिकांश कभरेज तंपाइहरुसमक्ष ल्याउने नै छु । वडा दशैको शुभकामना सहित ।

September 22, 2008

के गर्दै होलान् पूर्वराजा ज्ञानेन्द्र ?

राजसंस्थालाई आफनो हातबाट बिदाइ गरेका पूर्वराजा ज्ञानेन्द्र नागार्जुन जंगलको दरबारमा बसेर के गर्दै होलान् – धेरैले सोच्लान्- व्यापारको तयारी गर्दै होलान्, तर होइन, उनी आफनै आत्मवृत्तान्तका लागि सामग्री संकलन गरिरहेका छन्। जीवनमा दुइ पटक राजा बन्ने मौका पाएर पनि लामो समय बागडोर सञ्चालन गर्न नपाएका ज्ञानेन्द्रको आत्मवृत्तान्तमा के के समेटिने हुनन् भन्ने जान्न धेरै कुनु पर्दैन, किनकि उनले खाका तयार पारिसकेका छन्।

नारायणहिटी छाडेपछि एक्लै बस्न रूचाउने ज्ञानेन्द्रले केही समय व्यापारीहरूसँग भेटघाटमा बिताए तर उनी अधिकांश समय इतिहास खोज्न व्यस्त भए। वसन्तवासमा बसेर उनी आत्मवृत्तान्तको तयारी गरिरहेका छन्। नित्यकर्मबाट निवृत्त भएपछि उनी बिहान आठ बजे चियासँगै पत्रपत्रिका पढ्छन्, त्यसपछि उनका सचिव सागर तिमिल्सिनासँग प्रत्येक दिन देशको स्थिति बुझ्ने गर्छन्’ -स्रोतले भन्यो।

भाग्यले २००७ सालमा ३ वर्षो उमेरमा पहिलो पटक राजा बनेका उनले राजा भएपछिको क्रियाकलाप संकलन गरिसकेका छन्। २०१३ सालमा बुबा महेन्द्रको राज्याभिषेक, त्यसपछि २०१७ सालमा महेन्द्रले अघि सारेका कार्यक्रमका बारेमा गहन अध्ययन थालेका छन्। केही दस्तावेज भेटेका छैनन्’, स्रोतले भन्यो- भेटिएका सबै दस्तावेज डायरीमा संकलन गरेका छन्।’

उनले स्व. राजा महेन्द्र देश दर्शन कार्यक्रमको क्रममा गएर बसेका सबै दरबारको समेत अध्ययन गरिरहेका छन्’ -स्रोतले भन्यो।
प्रत्येक बिहीबार आफना सबै कर्मचारीसँग भेट्ने गरे तापनि उनले आत्मवृत्तान्त’ को तयारीबारे भने कसैलाई जानकारी दिएका छैनन्। आफनो जीवनमा घटेका घटना र पुर्खाका योगदानबारेमा उनले अधिकांश सामग्री तयार गरिसकेका छन्।

अहिले दैनिक करिब ५ घण्टा आत्मवृत्तान्तको सामग्री तयार गर्न जुटेका उनले महेन्द्रको निधनपछि मुलुकमा घटेका घटनाक्रम र आफनो शासनको विषयमा अध्ययन गरिसकेपछि वृत्तान्त लेख्न थाल्नेछन्’ -स्रोतले भन्यो।

अग्निशिखाको निधन

प्रगतिशील साहित्यकार अग्निशिखाको ५५ बर्षको उमेरमा हृदयाघातबाट आज निधन भएको छ । आज बिहान ३ बजेपछि उहाँको गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा उपचार हुँदा हुँदै निधन भएको हो । राति १ बजेतिर उहांले अफ्ठ्यारो भएको भन्नुभएपछि उहाँलाई मेडिकियर अस्पतालमा पुर्याइएको थियो ।

त्यहाँबाट उहाँलाइ गंगालालहृदय रोग केन्द्रमा रिफर गरिएको थियो । अस्पताल पुर्याएको केहिपछि नै उहांको निधन भएको थियो । वास्तविक नाम सुकदेव नेपाल भएपनि उहाँ पच्यायतकालीन आन्दोलन देखि नै अग्नी शिखाको नामले चिनिदै आउनु भएको थियो । शिखा अन्तर्राष्ट्रिय मामिला सम्बन्धि चर्चित स्तम्भकार हुनुहुन्थ्यो । उहाँका श्रीमति एक छोरा र एक छोरी छन् । उहाँको सवलाई आज ८ बजे एमाले पार्टी कार्यालयमा राखिने छ ।

आज दिउसो नै उहांको दाहसस्कार गरिनेछ । उहाँले थुप्रै कविता, कथा, गीत र नाटक पनि लेख्नु्भएको छ । उहाँको निधनप्रति विर्घाव्लग गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

September 21, 2008

स्याङजाका गहना !

जल सम्पादामा हालसम्म देशकै सबैभन्दा ठूलो जलविद्युत उत्पादन गर्ने कालीगण्डकी नदी, सतीदेवीको अंग पतन भएको छाया क्षेत्र मन्दिर-छाङछाङदी सबैभन्दा उच्च स्थानमा रहेको बालाचतुरदशमी मेला लाग्ने पञ्चासेधाम-बाङसिङ, प्रसिद्ध कैलाश गुफा बहाकोट ,अँन्धाअन्धी दह -जुन त्रेतायुगमा राजा दशरथ शिकार खेल्न जादाँ अन्धाअन्धीका एक मात्र साहारा छोरो श्रवण कुमारलाई वाणले हानी मारेको र सो थाहा पाई राजालाई श्राप दिई अँन्धाअन्धी मरेको तथा उनीहरुको आशुबाट दह बनेको ) चिलाउनेवास, राधा दामोदर आश्रम शाखर, चण्डीकालीका देवी, पु.ब.न.पा. -९ राम्दीघाट, मालङ, शाहवंशिय कुल देवता, आलामदेवी स्थान अधिराज्य कै प्रथम ग्रामीण पर्यटन केन्द्र शिरुवारी-पञ्चमूल तथा आदि जिल्लाका गहनाका रुपमा सजिएर रहेका छन् ।

हालै मात्र समाजसेवी स्व. प्राज्ञ राज अर्यालको सम्झनामा निर्माण कार्य सम्पन्न भएको शितल देवीको मन्दिरले स्याङ्जा जिल्लाको थप आर्कषण थपेको छ । स्थानीय वासिन्दा श्री भक्त बहादुर अधिकारीको अनुसार सो ठाउँमा तामाको धातु गाडेको अवस्थामा पाइएको थियो । सो धातु बाइसे र चौबीसे राजाको पालामा सीमाको रुपमा प्रयोग गरिन्थ्यो भन्ने तथ्यले यस शितलादेवीको मन्दिर ऐतिहासिक रुपले महत्वपूर्ण‍ छ । रातीमा एक्लो तारा चम्केको जस्तो देखिने र दिउसोमा त्यहाको मनोरम दृश्यले सौर्न्दर्य प्रेमी सबैको मन भित्रै देखि नहोला भन्न सकिन्न । नेपाल अधिराज्यको पहिलो ग्रामीण पर्यटकीय दृष्टिकोणले राङखोला, पु.ब.न.पा. ११ हुदै चैनपुर शिवमन्दिर दरौ हुदै सिरुवारी जाने सडक निर्माणले यस जिल्ला स्याङ्जालाई पर्यटकीय दृष्टिकोणले अझ सम्पन्न बनाउने देखिन्छ ।

दह्रौकोटे राजाको दरबार र त्यहा अवस्थित ताल पनि ऐतिहासिक र पर्यटकीय दुवै दृष्टिकोणले महत्वपूर्ण‍ छन् । यस ठाउँबाट स्याङजा जिल्लाका प्राय ठाउँहरु पोखरा वजार पनि राम्रोसगँ देख्‍न सकिन्छ । पु.ब.न.पा., १३ हरिदास खोला, मायाटारीका वासिन्दा श्री एक नारायण अर्यालको अगुवाईमा पूजा कार्य सम्पन्न गरिएको हनुमान ढुगो निकै विशाल र अनौठो विशेषता बोकेको छ । यस ठाउँमा विभिन्न थरीका साधारणतया नदेखिने जातका र्सपहरु-स्थानीय वासिन्दाले नाग भन्दछन्) रहने ठाउलाई धार्मिक तथा सौर्न्दर्यका दृष्टिकोणले महत्वपूर्ण‍ मान्न सकिन्छ ।

गृहमन्त्री र अर्थमन्त्रीबीच भनाभन

Filed under: ए हो र

इन्द्रजात्रा मनाउनका लागि सरकारले सुविधा कटौती गरेको भन्ने विषयले यतिखेर उग्र रुप लिएको छ । स्थानीयबासीले अहिले बसन्तपुर र न्यूरोड क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । हिजोदेखि उत्पन्न विवादका कारण इन्द्रजात्राको अवसरमा बसन्तपुरमा ठड्याइएको लिंगो पनि साइतमा ढाल्न सकिएको थिएन ।

केही समय अघिदेखि स्थानीय वासी र प्रशासनबीच बार्ताको प्रयास भइरहेको छ । उता, बजेटमा गुठी, बलीलगायत विभिन्न सांस्कृतिक कार्यक्रमका लागि छुट्याइदै आएको रकम काटेपछि सरकारका वरिष्ठ मन्त्रीहरुबीच भनाभन भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई अमेरिका प्रस्थानका लागि बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम र अर्थमन्त्री डा. बाबुराम भट्टराईबीच भनाभन समेत भएको छ ।

अर्थमन्त्री डा‍. भट्टराईले आफूविरुद्ध आन्दोलन उठाएको आरोप गृहमन्त्रीलाई लगाएपछि गौतमले सांस्कृति कार्यक्रमलाई विगतमा रकम छुट्याइने गरिएकोमा यसपालि किन रकम काट्नुभयो भनी प्रश्न गर्नुभएको थियो । भट्टराईले आक्रोशित हुदै मेरो कामभित्र तपाईं किन असर पुर्याउनुहुन्छ भनी प्रतिप्रश्न गर्नुभएको थियो । गौतममाथि आन्दोलन उठाएको आरोप समेत भट्टराईले लगाउनुभएको थियो ।

भट्टराइले गौतमलाई ‘मेरोविरुद्ध किन मान्छे उठाउनुहुन्छ ?’ भनी प्रश्न गर्नुभएको थियो । भट्टराइको जवाफमा गौतमले सांस्कृतिक समारोहहरुलाई दिइदै आएको रकम काट्न नहुने भन्दै सो कार्यक्रमको लागि आफ्नो मन्त्रालयले रकम दिने निर्णय गरेको बताउनुभएको थियो । गौतमले बजेट दिन कञ्जुस्याई गर्ने अनि ठूलो कुरा गर्ने भनेर भट्टराइविरुद्ध आक्रोश समेत पोख्नुभएको थियो । उक्त अवसरमा गृहमन्त्री गौतमले कानुन र अधिकारविपरितको काम र्गन कसैलाई छूट नदिने चेतावनी समेत भट्टराइलाई दिनुभएको थियो ।

माओवादी बजेटका विशेषता

अर्थमन्त्री डा.बाबुराम भट्टराईले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्ष ०६५।६६ को विनियोजन बजेटका प्रमुख विशेषता निम्न छन्

· सरकार सञ्चालनको साझा न्यूनतम कार्यक्रममा आधारित
· बजेट समाजवादतर्फ उन्मुख
· तीव्र आर्थिक विकास गर्ने उद्देश्य
· सर्पझैं घस्रने नभई भ्यागुतोझैं उप|mने उद्देश्यबाट बजेट अभिप्रेरित
· आर्थिक परनिर्भरता हटाई आत्मनिर्भर र स्वतन्त्र अर्थनीति लिइने
· गत आर्थिक वर्षमा आर्थिक वृद्धि ५.६ प्रतिशत
· गत आर्थिक वर्षमा व्यापार घाटा रु. एक खर्ब ६५ अर्ब
· आगामी दश वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गरिने
· प्रमुख नदीहरुलाई डाइभर्सन गरी सिचाइ विस्तार गरिने
· नयाँ नेपाल सुशिक्षित नेपाल नया नेपाल स्वस्थ नेपालको नीति ल्याउने
· प्रमंको अध्यक्षतामा उच्चस्तरीय लगानी समिति गठन गरिने
· द्वन्दपीडितका लागि राहत र भत्केका संरचनाको पुनर्निर्माणमा प्राथमिकता
· नेपाली कूटनीतिक नियोगलाई वैदेशिक लगानी अभिवृद्धि गर्न प्रोत्साहन गरिने
· संविधान निर्माणलाई उच्च प्राथमिकता
· "हाम्रो गाउँ, राम्रो बनाउँ" कार्यान्वयनका लागि प्रत्येक गाउँ विकास समितिलाई रु. १५ देखि रु.३० लाख अनुदानको व्यवस्था ।
· सशस्त्र द्वन्द्वमा प्रभावित परिवारलाई प्रारम्भमा रु. एक लाख
· माओवादी लडाकूलाई मासिक भत्ता तुरुन्त दिइने र यो भत्ता प्रत्येक महिना दिइने
· जनकपुर अस्पतालमा रामवृक्ष यादव स्मृति केन्द्र र त्रिवि अस्पतालमा सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्र
· कोसी पीडितका लागि राहत र पुनःस्थापनाका लागि रु. दुई अर्बको बजेट व्यवस्था
· "निर्मल जल, नेपालको बल" नाराका आधारमा जलस्रोतको उपयोगलाई प्राथमिकता
· आगामी दश वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने ।
· विद्युत क्षेत्रका लागि रु. १२ अर्ब ६९ करोड विनियोजन ।
· "नया नेपाल, सुशिक्षित नेपाल" र "नयाा नेपाल, स्वस्थ नेपाल" नारा कार्यान्वयन गर्ने
· प्रधानमन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आर्थिक परिषद्को गठन गरिने ।
· यस वर्षदेखि सुरु हुने विभिन्न क्षेत्रका केन्द्रीय महत्वका साठीभन्दा बढी योजना र कार्यक्रमहरु "नयाा नेपाल निर्माण अभियान" अन्तर्गत विशेष प्राथमिकताका साथ सञ्चालन हुने ।
· उत्तर-दक्षिण जोड्ने सडक तथा रेलमार्गको विस्तारमा विशेष जोड दिइने ।
· सशस्त्र द्वन्द्वपीडितका लागि सहजीवन बस्ती, सहिद प्रतिष्ठान गठन गर्ने ।
· कर्णाली अञ्चलमा सुरु गरिएको "एक परिवार एक रोजगार" कार्यक्रमलाई निरन्तरता ।
· कर भुक्तानीको सहुलियत नलिएर कर नतिरेर अटेर गर्नेको सम्पत्ति जफत गरिने ।
· जथाभावी मदिरा बिक्री वितरण गर्न नपाइने ।
· युवा स्वरोजगार कोष स्थापना गरिने ।
· राजमार्गमा जथाभावी राखिएका सबै प्रकारका ढाट हटाइने ।
· गणतन्त्र स्थापनालाई चिरस्मरणीय गराउन नारायणहिटी परिसरभित्र विशिष्ट ढाँचाको गणतन्त्र प्रतिमूर्ति निर्माण गरिने ।
· पूर्वराजाहरुको सम्पत्ति खोजवीन गर्न कार्यदल गठन गरिने ।
· कृषि उत्पादकत्व बढाउन "गाउँ गाउँमा सहकारी, घरघरमा भकारी" कार्यक्रम अघि ल्याइने ।
· निजी र सरकारको पहलमा पूर्वाधार विकास बैङ्कको स्थापना गरिने ।

September 19, 2008

यादवलाई सरकारबाट फिर्ता बोलाउने निर्णय

 

नेकपा माओवादी सचिवालय बैठकले भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा पठाइएका मातृका यादवलाई फिर्ता बोलाउने निर्णय गरेको छ । ३ असोजमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई आत्मालोचनासहित राजीनामा दिन भनेको सचिवालय सदस्य वर्षमान पुन अनन्तले बताए ।

अनन्तका अनुसार मातृका यादवले संयुक्त सरकारको संस्कृति विपरित सरकारमा सहभागी मन्त्रीहरुलाई गालीगलौज गरेको भन्दै कारबाहीको निर्णय गरेको हो । स्रोतका अनुसार बैठकमा यादवको चर्को आलोचना भएको थियो । उनले सिराहामा जग्गा कब्जा गर्न जाने शैलीलाई पनि गलत ठहर्‍याएको छ ।

सचिवालय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको उपलब्धिबारे जानकारी गराएका थिए । बैठकले भ्रमण उपलब्धिमूलक र सफल भएको निष्कर्ष निकाल्दै आसन्न संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिका जाने तयारीबारे पनि छलफल गरेको छ ।

दशैको चहल पहल

अहो !! पोहोर पोहोर यतिबेला लगभग खालि हुने राजधानी यसपालि दसैंको भिडभाड बढी देख्छु जताततै भिड फुट्पातमा हिंड्ने ठाउँ छैन, दसैं बजार सडक सम्म फैलिएको छ। गाडी गूड्ने ठाउँ छैन समयमा कुनै ठाउँमा पुग्न सकिन्न। लुगा पसलमा लुगा किन्न तछाड मछाड देखिन्छ। सुन्छु तराइ जाने धेरै ले यस्पाली काठमाडौंमा दसैं मनाउने तयारी गर्दै छन रे। एक त आफ्नो घर सम्म पुगिने हो कि होइन त्यो डर, अर्को तर्फ समयमै जागिर भेट्टौन आइपुगिने हो कि होइन भन्ने डर , जो जता छन तेतै दसैं मनाउन घरका परिवार ले निर्देशन दिएका छ रे।
यस्पाली कान्तिपुर दैनिकले दिन दिनै जसो "देवीलाई फलफुल चढाऔ , पशुबली नचढाऔ" भन्ने नारा देखिए पनि खशी बजारमा मान्छेहरु घोर्ले खशी रोज्न बेस्त देखिन्छ ।
यस्पाली मेरो घरको दसैं अली बिबाद्स्पद भई रहेछ। घर सगैको कजन त ५ दिन राम देब को सिबिरमा के गएका थिए खसी त नकाट्ने निर्णयमा पुग्नु भएछ वा! वा! रामदेव हुन पनि ‘अप्ने पेट को सम्सानलय नही देबालय शिवालय बनावो’ भन्दै थिए।

मिनि स्कर्टमाथि प्रतिबन्ध !

Filed under: ए हो र

युगान्डाका एक वरिष्ठ मन्त्रीले महिलाले लगाउने मिनिस्कर्टमाथि प्रतिबन्ध लगाइनुपर्ने धारणा सार्बजनिक गरेका छन् । मिनिस्कर्ट लगाएका महिलाले गर्दा ड्राइभरको ध्यान भंग भई ट्राफिक दुर्घटना बढाएकाले प्रतिबन्ध लगाइनुपर्ने उनको जिकिर छ ।

 ’मिनिस्कर्ट लगाउनु सडकमा नांगै हिँड्नुजस्तै हो,’ कम्पालामा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री साबा बुटुरोले भने ‘मिनिस्कर्टले गर्दा नै तपाईं दुर्घटनाको कारण बन्न सक्नुहुन्छ, किनभने हाम्रा केही मानिसहरू कमजोर मानसिकताका छन्,’ उनले भने । सञ्चारकर्मीहरूले मन्त्रीको भनाइ निकै हाँसो उठ्तो भएको बताएका छन् । मिनिस्कर्ट लगाउनु ‘कानुन उल्लंघन’ गरिएको मानिने र युगान्डाको कानुनअनुसार उनीहरू दण्डनीय हुने ब्रुटोको भनाइ छ ।

‘यदि तपाईंले कुनै नांगो मान्छे देख्नुभयो भने त्यसैको मेकअपबारे सोच्न थाल्नुहुन्छ र बहकिनुहुन्छ, जसलेगर्दा ट्राफ़िक दुर्घटना हुन पुग्दछ, उनी भन्छन् ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com