के गरेर दिन काट्दै होलान् ज्ञानेन्द्र?
केही न केही नगरी चुप लागेर बस्न नसक्ने स्वभाव भएका पूर्व राजा ज्ञानेन्द्र नागार्जुन दरबारमा के गरेर दिन काट्दै होलान्? आम मानिसहरुलाई जिज्ञासा हुनु स्वभाविक हो। रोडम्यापले ज्ञानेन्द्रशाहका पछिल्ला गतिविधिबारे चाखलाग्दा केही तथ्यहरु फेलापारेको छ।
आफ्नै कारण शाहबंशको पतन भएर गणतन्त्र आएपछि ‘फुर्सदिला’ बनेका उनले अचेल इतिहासका केही कितावहरु पढ्न थालेका छन्।
स्रोतका अनुसार पुरुषोत्तमशमशेर जवराद्धारा लिखित राणा शासनको इतिहास पढेर सकेका उनले अहिले चीन र कम्बोडियाको इतिहास पढ्न थालेका छन्। कम्बोडियाका राजा नरोत्तम सिंहानुकको जीवनका उतारचढाव, खमेरुजको शासनको बेला उनले भोग्नुपरेको तनाव र त्यसपछि फेरि उनी राजगद्धिमा फर्केको घटनालाई उनले आफूसाग तुलना गरेर हेर्न थालेको शाह परिवार निकटस्थहरु बताउंाछन्। सिंहानुक जस्तै आफू पनि फेरि सत्तासिन हुनसक्ने नसक्नेबारेमा बढी सरोकार उनले त्यसबारेमा आफ्ना निजी सचिव पशुपतिभक्त महर्जनलगायतकासंग छलफल गर्ने गरेका छन्।
शाहलाई महर्जन तथा आफ्ना भतिजीज्वाइ राजीव शाही (स्वर्गीय धीरेन्द्र शाहका ज्वाइ) ले नै इतिहांसका कितावहरु पुर्याइदिने गरेका छन्। स्रोतका अनुसार केही दिनअघिमात्र शिक्षा मन्त्रालय परिसरमा रहेको केशर पुस्तकालयबाट समेत केही पुस्तकहरु नागार्जुन दरबार पुर्याइएका छन्। तर कुन कुन कितावहरु कति परिमाणमा लगिए भन्न जानकारी भने पुस्तकालय प्रशासनले पनि दिन चाहेनन्। विहान ६ बजे उठेर उनी दरबार परिसरमै केही समय घुम्ने र योगा गर्ने गर्छन्।
दिउंसो केही व्यक्तिहरुलाई जम्मा गरेर कहिले राजनीतिक गफ त कहिले तास खेल्ने गरेका शाहले हरेक दिन जसो नै केही व्यक्तिहरुको नामै लिएर गाली गर्ने गरेको बताउंछन्। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूलाई टिकाउने पटक पटक आश्वासन दिएर पनि अन्तिममा धोका दिएको भन्दै गाली गर्ने गरेका छन्। उनले सबैभन्दा बढी आक्रोश भने पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाप्रति पोख्ने गरेका छन्। दरबारले गर्दा नै पटक पटक प्रधानमन्त्री भए पनि मौका पर्दा उसैलाई लात हानेको भन्दै आक्रोस पोख्नेगरेका छन्।
उनलाई भेट्न गतसाता राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष शाही कालिनगृहमनत्री कमल थापा र सो पार्टीका केन्द्रिय टंक ढकाल नागार्जुन दरबार पुगेका थिए।त्यस्तै हाल भारतमा रहेका विश्व हिन्दु महासंघका पुर्व अध्यक्ष भरत केशर सिंहपनि केही दिन अघि नेपाल आएर ज्ञानेन्द्रसंग लामो छलफल गरेका थिए। सिंहले भारतकाहिन्दुहरुले अहिले पनि ज्ञानेन्द्रलाई श्रद्धा र भक्ति प्रकट गर्ने गरेको दावी समेतगरेको बताइन्छ। विदेश पलायन हुन खोजिरहेका शरद्चन्द्र शाहज्ञानेन्द्र शाहकै अनुरोधको कारण अहिलेसम्म नेपालमै रहेको बताइएको छ।
पारसंगझन तनाव
स्रोतका अनुसार छोरा पारस र वुहारीहिमानीसंगको सम्वन्ध पनि पछिल्लो दिनमा झन विग्रिएको छ। आफुसंग कुनै सल्लाहनगरि एकलौटी रुपमा शासन संचालन गरेकोले यो अवस्था आएको भन्दै पारसले बाबुमाथिदोष लगाएपछि बाबुछोरा बीचको सम्वन्ध तनावपुर्ण वन्दै गएको छ। हाल सिंगापुरपुगेका पारसले आमा कोमलसंग नियमित रुपमा फोनमा कुरा गरेपनि बाबुसंग भने एक पटकपनि कुराकानी नगरेको दावी सम्वद्ध एक व्यक्तिको छ। ’ हामीसंगको कुराकानीमा पनिउहांले बाबुले आफुलाई राजपाठमा सहभागि नगराएकोले राजतन्त्रको वदनामी भएरयो स्थितिमा पुगेको बताउने गर्नु भएको छ। ’ पारसका एक साथीले नाम उल्लेख नगर्नअनुरोध गर्दै भने। हिमानी सिंगापुर जानेवेलामा आफ्नो घर निर्मल निवासमा नवसी नन्द प्रेरणाको घरमा वसेकी थिइन। यसलाई पनि कतिपय व्यक्तिहरुले बाबु छोराबीचको सम्वन्धमा देखिएको तनावको रुपमा लिइरहेका छन्।