August 15, 2008

माओवादी अध्यक्ष दाहालको विजय निश्चित

संविधानसभा चुनावको चार महिनापछि शुक्रबार नयाँ प्रधानमन्त्रीका लागि चुनाव हुँदै छ । लामो समयको कसरतपछि पनि सहमतिको राष्ट्रिय सरकार गठन गर्न दलहरू असफल भएपछि साउन ३१ मा प्रधानमन्त्रीका लागि चुनाव हुन लागेको हो ।
प्रधानमन्त्री पदमा नेकपा एमाले र मधेसी जनअधिकार फोरमको र्समर्थनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बन्नु भएको छ ।

नेपाली कांग्रेसको तर्फबाट भने प्रधानमन्त्री पदका लागि वरिष्ठ नेता शेरबहादुर देउवाले उम्मेद्वारी दिनुभएको छ । संविधानसभाका ठूला चार दलमध्ये तीन दल एकै ठाउँमा उभिएपछि माओवादी अध्यक्ष दाहालको विजय निश्चित देखिएको छ । माओवादी, एमाले र फोरमबीच हिजै सत्ता सहकार्यका लागि सात बुँदे सहमति भएपछि दाहालले साझा उम्मेद्वारी दिनुभएको हो ।

संविधानसभामा माओवादीका २ सय २७, एमालेका १ सय ८ र फोरमका ५२ सभासद रहेका छन् । कांग्रेसले भने माओवादीले सम्झौता पालना नगरेको र रक्षा मन्त्रालय माओवगादी बबाहेकका पार्टीलाई नदिएको भन्दै माओवादी नेतृत्वको सरकारमा नजाने र आफ्नै उम्मेद्वारी दिने निर्णय गरेको हो ।

आज दिउँसो १ बजे संविधानसभामा मतविभाजन प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री जित्नेले संविधानसभाको साधारण बहुमतका लागि चाहिने २ सय ९८ मत ल्याउनुपर्नेछ । मत विभाजन प्रक्रियामा सभासदहरूले आ-आफ्ना उम्मेद्वारको पक्षमा सही गर्नेछन् ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/08/15/p469/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com