भियतनाममा लिंग परिवर्तन गर्न पाइने
भियतनाम सरकारले शल्यक्रिया गरी लिंग परिवर्तन गर्न पाइने कानुनी व्यवस्था गरेको छ । तर कुन लिंग धारण गर्ने हो त्यसको अन्तिम टुंगो लगाउन सरकारी चिकित्सकको स्वीकृति आवश्यक पर्ने पनि कानुनमा उल्लेख गरिएको एक अधिकारीले बिहीबार बताएका छन् ।
उक्त सुविधा जन्मँदै लैंगिक असक्षमता भोग्न बाध्य सर्वसाधारणलाई मात्र प्रदान गरिने छ । तर आफूखुसी लिंग परिवर्तन गर्ने सुविधा भने उक्त कानुनले नदिएको अधिकारीहरुले बताए । ‘सबैलाई सबल लिंगसाथ बाँच्न सक्षम बनाउन यस्तो व्यवस्था गरिएको हो ।’, कानुनमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको कानुन विभागका निर्देशक गुयेन हुय क्वाङले सबल लिंग भएका महिला वा पुरुष दुवैलाई अंग परिवर्तन गर्ने सुविधा उक्त कानुदले प्रदान नगरेको बताए ।
लिंगले काम गर्ने नगर्ने जानकारी पाउन परीक्षण गरिने कानुनी प्रावधान छ । गोपनियताको हकलाई ध्यानमा राखी लिंग परिवर्तन गर्नेको नाम सार्वजनिक गरिने छैन । भियतनामीहरु लिंग परिवर्तन गर्न बैंकक जाने गरेकाले मुलुकमै यस्तो सुविधा प्रदान गरिएको क्वाङले बताए ।