ओलम्पीक खेल बेइजिङमा

खेलकुदको कुम्भमेलाको रुपमा परिचित ओलम्पीक खेलको २९ औ संस्करण आज चिनको राजधानी बेइजिङमा सुरुहुँदै छ । खेलको उदघाटना नेपाली समय अनुसार साझ ५ बजेर ४५ मिनेटमा हुनेछ । विश्व भरका हजारौ खेलाडी बेइजिङ पुगि सकेका छन् । २८ खेल समेटिएको ओलम्पीकमा विश्व भरका १० हजार ५ सय ५ खेलाडी र २० हजार सञ्चारकर्मीको उपस्थिती रहने छ । खेलको उदघाटन समारोहमा २ सय राष्ट्रप्रमुखले सहभागिता जनाउदै छन् ।
ओलम्पीक खेल आयोजनाले शताब्दि भन्दा लामो यात्रा तय गरे पनि नेपालले ओलम्पीकमा सहभागिता जनाएको ४ दशक मात्र भएको छ । नेपालले सन् १९६४ पहिलो पटक ओलम्पीक खेलमा सहभागिता जनाएको थियो । १९६८को ओलम्पीक बाहेक सबैमा आफ्नो सहभागिता कायम राखेको छ । नेपाली टोलीले अहिले सम्म एथलेटिक्स,बक्सिङ, भारोत्तोलन,जुडो, सुटिङ,तेक्वान्दो र पौडीमा मात्र सहभागिता जनाएको छ । यस पटकको ओलम्पीकमा ६ खेलमा ८ नेपाली खेलाडी सहभागिको सहभागिता रहेको छ । ओलम्पीकमा अहिले सम्म सबै भन्दा बढि सहभागिता बैकुण्ठ मानन्धरले गरेका छन् । चिनको राजधानी बेइजिङमा हुन लागेको आलम्पीक खेलमा सहभागि हुन नेपाली ओलम्पीक टोली २० गते त्यस तर्फगएको हो । । नेपाली ओलम्पीक टोलीको नेतृत्व शिक्षा तथा खेलकुद मन्त्री प्रदिप नेपालले गर्नु भएको छ । यस पटकको ओलम्पीकमा विभिन्न खेलका सहभागिले कुल ९ सय ६ खेलमा पदकका लागि प्रतिस्पर्दा गर्दै छन् । आज देखि भदौ ८ गते सम्म बेइजिङमा ओलम्पीक संचालने हुने छ ।