कान्तिपुर कैलाशले लिने
कान्तिपुर फुट्छ फुट्छ, फुट्नै लाग्यो भन्ने खबरहरु आएको धेरै भयो । तर फुटिसकेको भने थिएन । अब भने देशकै सबैभन्दा ठुलो सञ्चार ग्रिह औपचारिकरुपमै फुटेको छ ।
कान्तिपुरमा कैलाश सिरोहिया र हेमराज ज्ञवाली दुइ प्रमुख साझेदार थिए । सिरोहिया भारतिय मुलका ब्यापारी हुन भने ज्ञावाली नेपालगञ्ज मुल घर भएका जमिन्दार । यि दुबैबिच लामै समयदेखि मन मुटाव भएको हो । अनि गत साल त्यो मनमुटाब निकै चुलिएको थियो । कर्मचारीहरुले दुबै पक्षलाई चर्को दबाब दिएर मिलाउँदै आएका थिए । तर मन फुटेपछि के सम्भव हुन्थ्यो । ठुलो सञ्चार ग्रिह भएकाले फुट्नपनि सजिलो थिएन किनकि दुइ जनामध्ये एक जनाले पुरै ब्यहोर्दा निकै महँगो पर्थ्यो । अन्तिमसम्म कोसिस गर्दापनि सकेनन कर्मचारीहरुले मिलाउन । अहिले उनीहरु फुटे ।
पहिले ज्ञवालीले सबै लिएर सिरोहियालाई पन्छाउने रे भन्ने सुनिएको हो । अनि लौ ज्ञवालीले तिर्न नसक्ने भए रे भन्ने सुनियो । यो सत्य नै रहेछ । अब अन्तत: कान्तिपुर कैलाश सिरोहिलाले लिने भएका रहेछन । कान्तिपुरमा कार्यरत एक पत्रकारले दिएको जानकारी अनुसार उनले हेमराज ज्ञवालीलाई ७५ करोड दिने मञ्जुरी भएको छ । त्यो रकम दुइ हप्ता भित्रमा दिनु पर्ने छ । सुनिए अनुसार अब ज्ञवालीहरुलेपनि अर्को सञ्चार संस्था खोल्ने सुरसारगरेका छन । उनीहरु फुटेपछि अलि तगडा पत्रकारहरुलाई फकाउने र तलब बढाएर कान्तिपुरमै टिकाउने प्रयास सिरोहिया पक्षले गरिरहेको पत्रकारहरु बताउँछन।
कान्तिपुरले देशमा गणतन्त्र स्थापनाका लागि ठुलै योगदान गरेको हो । यो फुटपछि कान्तिपुर यहि स्थितिमा रहला कि नरहला चाहिँ भन्न सकिन्न । कैलास सिरोहिया मात्रै रहँदा भारतिय लगानी रहेको भनेर पहिलेकै जस्तो सद्भाव नरहन सक्छ । अनि ज्ञवालीतिर जान सक्छ त्यो सद्भाव र ज्ञवालीहरुलेपनि कान्तिपुरमा आर्जन गरेको अनुभव र सम्पर्कले आम्दानीको स्रोत तान्न सक्ने अवस्था छ ।