July 25, 2008

छाता वारि म पारि

अच्युतप्रसाद पौडेल, "चिन्तन"

आकाश गड्याङ गुडुङ गर्दैथियो

कालाबादलहरु मडारिदैथिए

घनघोर वर्षा हुनथाल्यो

ओतलाग्न खोंजे

छाता ओड्न खोंजे

छाता त पारिनै छुटेछ

त्यसो त म अचेल घरमूलीनै भएकोछु ।

परिवारहरु चिच्याउन थाले

खै, छाता खै हं -

नडराउ नडराउ छाता छुटेकोमात्र हो पारि

म परिवारका नाममा सपथ लिन थाले

वारि पानी पर्यो पारि छाता छुट्यो

छाता वारि हुंदा म पारि हुन्थे

तैपनि तिमीहरुले विश्वास गरेकै थियौं

आजा छाता पारितिर रह्यो म वारितिरै रंहें

परिवारको धैर्य टुटेछ

सडकभरि पोखिएछन्, छताछुल्ल भएछन्

मेरो पुतला दहन हुनथालेछ

आखिर मेरै परिबारले विर्सेछन् मलाइ

म भन्दै थिंएं, तिमीहरु चिन्ता नगर

नडराउ है झरीले केही गर्दैन,

ओत लाग्ने ठाउं मैले देखेको छु

छाता पनि बलियो छ

पारि उघार्दा पनि

वारि ओतलाग्न सकिन्छ

पारि उघार्दा पनि

वारि ओतलाग्न सकिन्छ

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/07/25/p436/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com