July 25, 2008

बेनजिरका अंगरक्षकको पनि हत्या

मोटरसाइकलमा सवार अज्ञात बन्दुकधारीले पाकिस्तानकी दिवंगत पूर्वप्रधानमन्त्री तथा पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)की तत्कालीन अध्यक्ष बेनजिर भुट्टोका एक अंगरक्षकको कराँची सहरमा मंगलबार गोली हानी हत्या गरेको जनाएको छ ।

बेनजिरका तत्कालीन अंगरक्षक ४५ वर्षीय खालिद सहंसाहलाई कराँचीस्थित भुट्टो निवासबाट बाहिर निस्कने क्रममा गोली हानिएको हो । ‘उनको शरीरमा चारवटा गोली लागेको थियो । उनलाई अस्पतालमा लगियो तर त्यहीँ उनको मृत्यु भयो,’ भुट्टोको कराँचीस्थित घरका संरक्षक अैजाज दुरानीले भने । गोली प्रहार गरेपछि आक्रमणकारीहरु भाग्न सफल भएको स्थानीय प्रहरी अधिकृत मोहम्मद असाफले बताएका छन् । ‘यो कायरतापूर्ण आक्रमणकारी काम हो,’ सिन्ध प्रान्तका मन्त्री वकार मेहदीले भने । कराँची सिन्ध प्रान्तको राजधानी हो ।

बेनजिरको सन् २००७ को डिसेम्बर २७ मा रावलपिन्डी सहरमा अयोजित चुनावी सभालाई सम्वोधन गरी र्फकदै गर्दा आतंकवादीद्वारा गराइएको आत्मघाती आक्रमणमा परी मृत्यु भएको थियो । बेनजिर हत्याकाण्डको अनुसन्धान संयुक्त राष्ट्रसंघले गर्ने निर्णय गरिएका बेला भएको उनको अंगरक्षकको हत्यालाई रहस्यपूर्ण मानिएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/07/25/p435/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com