July 25, 2008

माओवादीलाई सरकार बनाउन आग्रह

Filed under: लौ है त

संविधानसभामा प्रतिनिधित्व गरिरहेका २५ दलको अहिले सिंहदरवारमा जारी बैठकमा नेकपा माओवादीलाई सरकार गठन गर्न अन्य २४ दलले आग्रह गरेका छन् । नेकपा माओवादीले बिहीबार संबिधानसभामा प्रतिनिधित्व भएका २५ दलहरुसंग नयां सरकार गठनका बारे छलफल गरेको छ । छलफलमा अधिकांश दलले अहिलेको तीनदलीय गठबन्धन समाप्त हुनुपर्ने र माओवादीको नेतृत्वमा तत्कालै सरकार गठन हुनुपर्ने कुरामा जोड दिएका छन् ।

बैठकमा सहभागी दलमध्ये २२ वटा राजनीतिक दलले तीनदलीय गठबन्धन तत्काल विघटन हुनुपर्ने कुरामा सहमति जनाए पनि नेपाली काङ्ग्रेसले त्यसमा स्पष्ट रूपमा सहमति नजनाएको र एमाले र मधेसी जनअधिकार फोरम भने मौन बसेको बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले पत्रकारहरूलाई जानकारी दिनुभयो ।

उहाले आफूले तीनदलीय गठबन्धन तत्काल भङ्ग गर्नुपर्ने, २५ वटै दलको न्यूनतम साझा एजेन्डासहितको साझा कार्यक्रम तय हुनुपर्ने र त्यसमा माओवादीले अघि सारेका नीति, कार्यक्रम केही बढी समावेशी हुनुपर्ने र कम्तीमा पनि दुई वर्षसम्म सरकार ढाल्ने गणितीय खेल हुन नहुने जस्ता मुख्य तीन कुरालाई अघि सारेको स्पष्ट गर्नुभयो ।

अध्यक्ष प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा देखिएको समीकरणले जनतामा निराशा आएको तर सभामुखको निर्वाचनमा कायम सहमतिले केही आशा पलाएको बताउनुभयो । उहाले आफूहरूले अघि सारेका तीनदलीय गठबन्धन भङ्ग हुनुपर्ने, न्यूनतम साझा कार्यक्रम आउनुपर्ने तथा सबै दलबाट दुई वर्षसम्म सरकार ढाल्ने खेल नगर्ने राजनीतिक प्रतिबद्धता नआएमा माओवादी सरकारमा नजाने र प्रतिपक्षमा बस्ने स्पष्ट गर्नुभयो ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/07/25/p432/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com