July 25, 2008

यादव नेपालको प्रथम राष्ट्रपति

Filed under: समाचार

 डा.रामवरण यादव राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । संविधानसभाको अध्यक्षता गरिहनुभएका जेष्ठ सदस्य केवि गुरुङले डा. रामवरण यादवले ३ सय ८ मत प्राप्त गरी नेपालको राष्ट्रपति निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो ।

डा. रामवरण यादव नेपालको प्रथम राष्ट्रपति निर्वाचित घोषणालगत्तै संविधानसभाको बैठकमा उहाँलाई नेकपा एमालेका महासचिव झलनाथ खनालले बधाई दिनुभयो । त्यसपछि नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र प्रकाशमान सिंहले पनि उहाँलाई बधाई दिनुभएको थियो ।

संविधानसभाको बैठक कक्षमा आ-आफ्नो स्थानबाट उठेर नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पनि नव निर्वाचित राष्ट्रपतिलाई बधाई दिनुभएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/07/25/p430/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com