July 21, 2008

राष्ट्रपतिमा विजय हुन्छु: डा रामवरण यादव

Q. पुनः हुने निर्वाचनमा आफू जित्ने कुरामा कत्तिको आश्वस्त हुनुहुन्छ?
A.

म आफ्नो रहरले उठेको मान्छे हैन। म यहाँसम्म आइपुग्नका लागि मेरो पार्टी र मैले अंगीकार गरेको लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रवादी अडानको महत्वपूर्ण भूमिका छ। म यो मान्यताप्रति सदा अडिग रहनेछु। आज (हिजो) मैले पाएको मतले मलाई निकै उत्साही तुल्याएको छ। हिजो कतपय साथीहरु विभिन्न कारणले मदतानमा आउन सक्नुभएन। कतिपय साथीहरुलाई कुनै भ्रम पनि पर्‍यो होला। आज (हिजो) मत दिने सबै दल र व्यक्तिप्रति म कृतज्ञता प्रकट गर्न चाहन्छु। र, आजको मतदानमा हउपस्थित हुन नसक्नुभएका वा कुनै कारणले मलाई मत नदिनुभएका साथीहरुले आगामी निर्वाचनमा उपस्थित भएर मलाई मत दिई नेपालका गरिब, उपेक्षित र पिछडिएका वर्ग र जातिप्रतिको सम्मान व्यक्त गर्नुहुनेछ भन्ने आशा मैले व्यक्त गरेको छु। मेरो विजय भनेको नेपाली कांग्रेस र मेरो व्यक्तिगत विजय नभएर सम्पूर्ण तराईवासी, राष्ट्रवादी र सर्वसत्तावादी सिद्धान्तका विरोधी लोकतान्त्रिक शक्तिको विजय हुनेछ भन्ने म विश्वास दिलाउन चाहन्छु। ०

म आफ्नो रहरले उठेको मान्छे हैन। म यहाँसम्म आइपुग्नका लागि मेरो पार्टी र मैले अंगीकार गरेको लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रवादी अडानको महत्वपूर्ण भूमिका छ। म यो मान्यताप्रति सदा अडिग रहनेछु। आज हिजोमैले पाएको मतले मलाई निकै उत्साही तुल्याएको छ। हिजो कतपय साथीहरु विभिन्न कारणले मदतानमा आउन सक्नुभएन। कतिपय साथीहरुलाई कुनै भ्रम पनि पर्‍यो होला। आज हिजोमत दिने सबै दल र व्यक्तिप्रति म कृतज्ञता प्रकट गर्न चाहन्छु। रआजको मतदानमा हउपस्थित हुन नसक्नुभएका वा कुनै कारणले मलाई मत नदिनुभएका साथीहरुले आगामी निर्वाचनमा उपस्थित भएर मलाई मत दिई नेपालका गरिबउपेक्षित र पिछडिएका वर्ग र जातिप्रतिको सम्मान व्यक्त गर्नुहुनेछ भन्ने आशा मैले व्यक्त गरेको छु। मेरो विजय भनेको नेपाली कांग्रेस र मेरो व्यक्तिगत विजय नभएर सम्पूर्ण तराईवासीराष्ट्रवादी र सर्वसत्तावादी सिद्धान्तका विरोधी लोकतान्त्रिक शक्तिको विजय हुनेछ भन्ने म विश्वास दिलाउन चाहन्छु। ०

 
Q. कांग्रेसले तपाईंलाई किन राष्ट्रपति बनाउन चाह्यो?
A.

म निरन्तर निष्ठाको राजनीतिमा क्रियाशिल छु। प्रजातान्त्रिक आन्दोलनमा मैले कुनै किसिमको सम्झौता गरेको छैन। राष्ट्रियता, लोकतन्त्र र समाजको अग्रगामी रुपान्तरणको बारेमा मेरो स्पष्ट अडान छ। मैले विभिन्न जाति, धर्म र वर्गको मानिसलाई समान रुपमा हेरेको छु। मेरो योगदान र इमान्दारितालाई पार्टील्ो मूल्यांकन गरेर पार्टीले मलाई राष्ट्रपतिमा अगाडि बढाएको हो। सबैको सोचाइ छ, यो मान्छेले राष्ट्रको लागि सही दिशाबोध दिन सक्छ भन्ने विश्लेषण छ। आज (हिजो) मलाई जुनजुन साथी र दलले भोट दिए, ती सबैलाई म धन्यवाद दिन चाहन्छु।

म निरन्तर निष्ठाको राजनीतिमा क्रियाशिल छु। प्रजातान्त्रिक आन्दोलनमा मैले कुनै किसिमको सम्झौता गरेको छैन। राष्ट्रियतालोकतन्त्र र समाजको अग्रगामी रुपान्तरणको बारेमा मेरो स्पष्ट अडान छ। मैले विभिन्न जातिधर्म र वर्गको मानिसलाई समान रुपमा हेरेको छु। मेरो योगदान र इमान्दारितालाई पार्टील्ो मूल्यांकन गरेर पार्टीले मलाई राष्ट्रपतिमा अगाडि बढाएको हो। सबैको सोचाइ छयो मान्छेले राष्ट्रको लागि सही दिशाबोध दिन सक्छ भन्ने विश्लेषण छ। आज हिजोमलाई जुनजुन साथी र दलले भोट दिएती सबैलाई म धन्यवाद दिन चाहन्छु।

 
Q. सहमतिको राजनीति फेरि हुन सक्ला?
A.

जनताको म्याण्डट सहमतिको राजनीतिको पक्षमा छ। सहमतिको राजनीति टुट्नु हुँदैन। राजनीतिक प्रतिस्पर्धामा कुनै बेला सहमतिको राजनीतिमा संकट आए पनि यो फेरि शुरु हुनसक्छ। म नेपालको भावी राजनीति सहमतिकै आधारमा हुने कुरामा आशावादी छु।

जनताको म्याण्डट सहमतिको राजनीतिको पक्षमा छ। सहमतिको राजनीति टुट्नु हुँदैन। राजनीतिक प्रतिस्पर्धामा कुनै बेला सहमतिको राजनीतिमा संकट आए पनि यो फेरि शुरु हुनसक्छ। म नेपालको भावी राजनीति सहमतिकै आधारमा हुने कुरामा आशावादी छु।
 
Q. लोकतान्त्रिक संविधान दुई वर्षमा बनाउन सक्नुहुन्छ?
A.

नेपाली जनताको चाहना छ, दुई वर्षको अवधिमै लोकतान्त्रिक संविधान बनोस्। सहमति र सहकार्यको राजनीति अगाडि बढोस्। यसमा मेरो समन्वयकारी भूमिका हुनेछ। मैले सहमति र एकताको वातावरणको लागि पहल गर्ने र समायोजन गर्ने मेरो दायित्व हुन्छ। मलाई विश्वास छ, सहमतिको वातावरण अगाडि बढेमा दुई वर्षभित्र अवश्य नयाँ संविधान बन्न सक्छ

नेपाली जनताको चाहना छदुई वर्षको अवधिमै लोकतान्त्रिक संविधान बनोस्। सहमति र सहकार्यको राजनीति अगाडि बढोस्। यसमा मेरो समन्वयकारी भूमिका हुनेछ। मैले सहमति र एकताको वातावरणको लागि पहल गर्ने र समायोजन गर्ने मेरो दायित्व हुन्छ। मलाई विश्वास छसहमतिको वातावरण अगाडि बढेमा दुई वर्षभित्र अवश्य नयाँ संविधान बन्न सक्छ।
 
Q. राष्ट्रपति भएपछि तपाईंको पहिलो प्राथमिकता के हुनेछ?
A.

देशमा अहिले धेरै ठूलो परिवर्तन भएको छ। लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर लैजाने पक्षमा म दृढ र क्रियाशील रहनेछु। अहिले देशमा शान्ति प्रकृया जारी छ। हतियारको राजनीति समाप्त होस्। माओवादीका हतियार र उसका लडाकूहरुको व्यवस्थापन होस्, हिंसाको राजनीति अन्त्य होस् र लोकतन्त्रको संस्थागत होस्, शान्ति प्रकृया निष्कर्षमा पुगोस्, लोकतान्त्रिक संविधान निर्माण होस् भन्ने मेरो चाहना छ। लोकतान्त्रिक संविधान निर्माणपश्चात् मुलुकमा निर्वाचन होस् र राजनीतिले स्थायित्व पाओस्। यही नै मेरो प्राथमिकता हुनेछ।

देशमा अहिले धेरै ठूलो परिवर्तन भएको छ। लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर लैजाने पक्षमा म दृढ र क्रियाशील रहनेछु। अहिले देशमा शान्ति प्रकृया जारी छ। हतियारको राजनीति समाप्त होस्। माओवादीका हतियार र उसका लडाकूहरुको व्यवस्थापन होस्हिंसाको राजनीति अन्त्य होस् र लोकतन्त्रको संस्थागत होस्शान्ति प्रकृया निष्कर्षमा पुगोस्लोकतान्त्रिक संविधान निर्माण होस् भन्ने मेरो चाहना छ। लोकतान्त्रिक संविधान निर्माणपश्चात् मुलुकमा निर्वाचन होस् र राजनीतिले स्थायित्व पाओस्। यही नै मेरो प्राथमिकता हुनेछ।
 
Q. तपाईं राजनीतिमा कहिले र किन प्रवेश गर्नुभयो?
A.

०१७ सालमा तत्कालीन राजा महेन्द्रले वीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरेर निरंकुश पञ्चायती व्यवस्था लाद्ने काम गरे। त्यसको विरुद्धमा म केहीलगायत साथीहरु प्रजातन्त्र बहाली गर्नुपर्छ र पञ्चायती व्यवस्थालाई जसरी पनि समाप्त गर्नुपर्छ भन्ने प्रणका साथ राजनीतिमा प्रवेश गरेको हुँ। त्यहीबेलादेखि निरन्तर प्रजातन्त्रको लागि संघर्ष गरिरहेको छु। प्रजातन्त्र पुनर्बहालीका हरेक आनदोलनमा सकृय रुपमा सहभागी भएको छु। विद्यार्थी आन्दोलनदेखिको मेरो यो यात्रा अविरल रुपमा अगाडि बढिरहेको छ।

०१७ सालमा तत्कालीन राजा महेन्द्रले वीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरेर निरंकुश पञ्चायती व्यवस्था लाद्ने काम गरे। त्यसको विरुद्धमा म केहीलगायत साथीहरु प्रजातन्त्र बहाली गर्नुपर्छ र पञ्चायती व्यवस्थालाई जसरी पनि समाप्त गर्नुपर्छ भन्ने प्रणका साथ राजनीतिमा प्रवेश गरेको हुँ। त्यहीबेलादेखि निरन्तर प्रजातन्त्रको लागि संघर्ष गरिरहेको छु। प्रजातन्त्र पुनर्बहालीका हरेक आनदोलनमा सकृय रुपमा सहभागी भएको छु। विद्यार्थी आन्दोलनदेखिको मेरो यो यात्रा अविरल रुपमा अगाडि बढिरहेको छ।
 
Q. तपाईंले राजनीतिमा प्रवेश गर्दा गणतन्त्रिक नेपालको पहिलो राष्ट्रपति हुन्छु भनेर कल्पना गर्नुभएको थियो?
A.

राजनीतिमा प्रवेश गर्दा कसैले पनि म राष्ट्रपति या प्रधानमन्त्री बन्छु भन्ने सोचेर प्रवेश गरेको हुँदैन। जो मानिस राजनीतिमा प्रवेश गरेको हुन्छ ऊ समाजसेवा, सामाजिक रुपान्तरण, जनअधिकार बहालीको पक्षमा इमान्दारिताका साथ लाग्ने नै उसको लक्ष्य र गन्तव्य हुन्छ। राजनीति भनेको समाज र राष्ट्रको उत्थानको लागि गरिन्छ। कर्म गर्दै जाँदा मन्त्री, प्रधानमन्त्रीया राष्ट्रपति भइन्छ, त्यो ठूलो कुरा होइन। काम गर्दै जाँदा पार्टीले राष्ट्रले मूल्यांकन गर्छ।

राजनीतिमा प्रवेश गर्दा कसैले पनि म राष्ट्रपति या प्रधानमन्त्री बन्छु भन्ने सोचेर प्रवेश गरेको हुँदैन। जो मानिस राजनीतिमा प्रवेश गरेको हुन्छ ऊ समाजसेवासामाजिक रुपान्तरणजनअधिकार बहालीको पक्षमा इमान्दारिताका साथ लाग्ने नै उसको लक्ष्य र गन्तव्य हुन्छ। राजनीति भनेको समाज र राष्ट्रको उत्थानको लागि गरिन्छ। कर्म गर्दै जाँदा मन्त्रीप्रधानमन्त्रीया राष्ट्रपति भइन्छत्यो ठूलो कुरा होइन। काम गर्दै जाँदा पार्टीले राष्ट्रले मूल्यांकन गर्छ।
 
Q. तपाईं राजनीतिमा प्रवेश गर्दाको लक्ष्य के थियो?
A.

म एउटा साधारण किसान परिवारको मानिस हो। बाल्यकालमा खेल्ने, खाने, गाईभैंसी हेर्ने, खेतीपाती गर्ने गर्थें। जब म पढाइप्रति संवेदनशील भएँ, अनि आफ्नो अध्ययनलाई अघि बढाएँ। पढाइलाई बीचमै पनि छाडेको थिएँ तर पछि फेरि अध्ययनलाई निरन्तरता दिएँ। ०१५ सालको चुनावमा मैले घरमा भनें आज म गाई, भैंसी हेर्न जान्नँ, तिमीहरु नै जानु भनेर परिवारमा भनेर म चुनाव हेर्न गएको थिएँ। मैले अध्ययन र राजनीतिलाई सँगसँगै अगाडि बढाएँ। म स्कुल पढ्दादेखि नै डाक्टर बन्छु र गरिब, दीनदुःखी र असहायको सेवा गर्छु भनेर काठमाडौं पढ्न आएँ। मलाई रसियामा भेटेनरी डाक्टर र फरेस्ट्री पढ्नका प्रस्ताव आएको थियो। मलाई यो यादव हो, यो घोडा डाक्टर बन भन्थे, भेटनरीमा जान उनीहरुको सल्लाह थियो। तर मैंले ह्युमन डाक्टरनै बन्छु भनेर पढ्नको लागि कलकत्ता गएँ। बीपीको सम्पर्कमा आएपछि उहाँको क्यानसर थेरापीमा बसेको थिएँ। त्यसपछि एमडी गरें र जनताको सेवामा लामो समयसम्म निःशुल्क काम गरें।

म एउटा साधारण किसान परिवारको मानिस हो। बाल्यकालमा खेल्नेखानेगाईभैंसी हेर्नेखेतीपाती गर्ने गर्थें। जब म पढाइप्रति संवेदनशील भएँअनि आफ्नो अध्ययनलाई अघि बढाएँ। पढाइलाई बीचमै पनि छाडेको थिएँ तर पछि फेरि अध्ययनलाई निरन्तरता दिएँ। ०१५ सालको चुनावमा मैले घरमा भनें आज म गाईभैंसी हेर्न जान्नँतिमीहरु नै जानु भनेर परिवारमा भनेर म चुनाव हेर्न गएको थिएँ। मैले अध्ययन र राजनीतिलाई सँगसँगै अगाडि बढाएँ। म स्कुल पढ्दादेखि नै डाक्टर बन्छु र गरिबदीनदुःखी र असहायको सेवा गर्छु भनेर काठमाडौं पढ्न आएँ। मलाई रसियामा भेटेनरी डाक्टर र फरेस्ट्री पढ्नका प्रस्ताव आएको थियो। मलाई यो यादव होयो घोडा डाक्टर बन भन्थेभेटनरीमा जान उनीहरुको सल्लाह थियो। तर मैंले ह्युमन डाक्टरनै बन्छु भनेर पढ्नको लागि कलकत्ता गएँ। बीपीको सम्पर्कमा आएपछि उहाँको क्यानसर थेरापीमा बसेको थिएँ। त्यसपछि एमडी गरें र जनताको सेवामा लामो समयसम्म निःशुल्क काम गरें।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/07/21/p428/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com