हिमानी पनि सिंगापुर जाँदै
पूर्वयुवराज पारस शाहले देश छाडेको १६ दिनपछि आज उनकी श्रीमती हिमानी शाह र उनका तीन जना छोराछोरी पनि सिंगापुर जाँदैछन् । पारसको बिदाइ गर्न निर्मल निवास र विमानस्थलमा उपस्थित नभएका पूर्वराजा ज्ञानेन्द्रले बुहारी र नाति-नातिनालाई विदाइ गर्न भने हिजो राती निर्मल निवास पुगेका थिए । पूर्व राजा ज्ञानेन्द्र निर्मलनिवासमा श्रीमती कोमलसहित पुगेका थिए । त्यहाँ रातको १२ बजेसम्म विदाइ भोज चलेको थियो ।
पारस असार १७ गते सिल्क एयरको एमआई ४११ उडानबाट सिंगापुर पुगेका थिए भने उनकी श्रीमती हिमानी र छोराछोरी पनि सोही एयरलाइन्सको सोही उडानबाट आज दिउँसो सवा १ बजे सिंगापुर उड्दैछन् । हिमानीका साथमा धीरेन्द्रकी कान्छी छोरी दिलासा पनि सिंगापुर जाँदैछिन् ।
अहिले पारस र उनका बहिनीज्वाइँ राजबहादुर सिंह सिंगापुरमा रहेका छन् । सिंगापुरमा राजबहादुरको टेलिफोन तथा जुत्तासम्बन्धी व्यापार छ । पारसदम्पती उतै बस्ने र छोराछोरीलाई उतैको स्कुलमा पढाउने तयारी भइसकेको भैसकेको बताइएको छ ।