अमेरिकाले इरानीलाई चुरोट पिलाएरै मार्ने
रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकाको राष्ट्रपतिका उम्मेदवार जोन म्याकेनले चुरोट पिलाएरै इरानीलाई मार्न सकिने मजाक गरेका छन् । इरानमा अमेरिकी चुरोटको निर्यात बढेको समाचारप्रति प्रतिक्रिया जनाउँदै म्याकेनले यस्तो मजाक गरे का हुन् । एक रिपोर्टअनुसार अमेरिका र इरानबीच शत्रुता रहे पनि राष्ट्रपति जर्ज डब्लु बुसको कार्यकालमा इरानमा अमेरिकी सामानको निर्यात दसगुणा बढेको छ ।
अमेरिकी व्यापारको सात वर्षको आँकडाको विश्लेषणबाट इरानमा अमेरिकी चुरोटको बिक्री अत्यधिक बढेको देखिएको छ । ‘इरानीलाई मार्ने यो एउटा उपाय हुन सक्छ,’ चुनावी अभियानको दौरान पिट्सवर्गमा पुगेका म्याकेनले पत्रकारहरूलाई भने । पछि उनले थपे, ‘मैले यो मजाकको रूपमा भनेको हुँ किनभने म २८/२९ वर्षदेखि चुरोट नपिएको व्यक्ति हुँ ।’
गत वर्ष साउथ क्यारोलाइनामा इरानमा थि आक्रमण गर्ने योजना छ या छैन भन्ने प्रश्नमा म्याकेनले सुरुमा पपगीत बम बम बम बम बम इरानु गाएर प्रश्नको उत्तर दिएका थिए ।