July 9, 2008

माओवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ: थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं शाही गृहमन्त्री कमल थापाले माओवादीले नयां सरकारको नेतृत्व गर्न लाग्दा अन्य दलहरुले शर्त राख्नुको कुनै अर्थ नरहेको बताएका छन् ।  राजधानीमा बोल्दै उनले सरकार गठनमा शर्तहरु तेर्साएर बखेडा झिक्न नहुने बताएका छन् । उनले अबको सरकारको नेतृत्व माओवादीले गर्नुपर्ने धारणा समेत राखेका छन् । पूर्व राजाका कर्मचारी तथा नजिकका व्यक्तिहरु धमाधम माओवादीमा प्रवेश गरिरहेको बेला पूर्व राजाका वफादार सेवक कमल थापाको यो अभिव्यक्ति सार्वजनिक भएको हो ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा थापाले भने- ‘ठूलो दलको रुपमा स्थापित माओवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ, कांग्रेस र एमालेले शर्त तेर्साउनु जनाधिकारविपरित हो ।’ मधेशवादी दलहरुले उठाएको एक प्रदेश एक मधेशको मागलाई अहिले नै अन्तरिम संविधानमा उल्लेख गर्न नहुने तर्क समेत थापाले व्यक्त गरेका छन् । उनले संविधानसभामा छलफलपछि मात्र सो सम्बन्धमा निर्णय लिनु उपयुक्त हुने सुझाव समेत दिएका छन् ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/07/09/p405/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com