July 8, 2008

फोहोर सोहोर्ने महिलालाई राजकुमारीको ताज !

भारतका फोहरमैला सफा गर्ने महिलालाई न्यूयोर्कमा आयोजित एक कार्यक्रममा सम्मानीत गरिएको छ । संयुक्त राष्ट्रसंघको आयोजनामा भएको अन्तर्राष्ट्रिय सरसफाइ वर्ष कार्यक्रममा भाग लिन आमन्त्रण गरिएका भारतीय फोहरमैला सफा गर्ने महिलाले मोडलहरुको भीडमा क्याटवाक समेत गरेका छन् ।

सम्मेलनमा भाग लिन भारतबाट ३६ सफाइकर्मी महिला पुगेका थिए । उनीहरू समाजले हेय ठानेको फोहोर सोहोर्ने काम बाल्यकालदेखि नै गरेर हुर्केका थिए । उनीहरू तल्लो जाति अर्थात् दलित हुन् । उनीहरू मानव-मलमूत्र भएको भाँडो आफ्नो शिरमा राखेर ओसार्ने काम गर्छन् ।

राष्ट्रसंघीय मुख्यालयको बरन्डामा हिँड्दा उच्च पदाधिकारीहरूबाट सम्मान र श्रद्धा पाउँदा उनको खुसीको सीमै रहेन । ३० वर्षीया उषाले २००३ मा नै फोहर बटुल्ने काम छोडेकी थिइन् । काम छोडेपछि आफू अन्ततः मानव भएको अनुभूति उनलाई भएको थियो । उनले न्यूयोर्कमा भनिने, ‘अहिले न्युयोर्कमा यस्तो सम्मान पाउँला भन्ने मैले कहिल्यै कल्पना गरेकी थिइनँ । सामान्य व्यक्तिका रूपमा मलाई व्यवहार गरिँदा म अत्यन्त रमाएकी छु ।’

ती भारतीय महिलाले ‘मिसन स्यानिटेसन’ नामक फेसन प्रदर्शनको दौरान क्याटवाक गर्ने अवसर समेत पाए । मञ्चमा उनीहरू भारतलगायत अन्य मुलुकका ‘टप मोडल’ सँगसँगै देखापरे । मोडलहरूको पहिरन यी भारतीय महिलाले नै बुनेका थिए ।

यो फेसन-समारोह खासगरी उषा चमारको लागि मर्मस्पर्शी थियो । त्यस समारोहमा उनलाई अनौपचारिक रूपमा सफाइकर्मी राजकुमारीको ताज पहिर्याइएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/07/08/p403/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com