June 30, 2008
| Q. |
सरकार निर्माणको ढोका त खुल्यो होइन अब? |
| A. |
सरकार बन्ने ढोका राजनीतिक रुपमा खुल्यो, तर कानुनी र संवैधानिक रुपमा भने ढोका खुल्न अझै बाँकी छ। किनभने संविधान संशोधन गर्नुपर्ने अवस्था छ। त्यसको निम्ति सबैको सहमति जुट्नुपर्छ। विभिन्न खालको प्रक्रियाका विषयमा सहमति जुटाउन बाँकी नै छ। त्यसैले अहिले नै पूरा ढोका खुलिहाल्यो भन्नचाहिं मिल्दैन। केही खुकुलो भएको त अवश्यम्भावी हो तर पूरै ढोका खुल्न बाँकी छ।
|
| |
| Q. |
के गर्दा पूरै ढोका खुल्छ जस्तो लाग्छ त? |
| A. |
त्यसको निम्ति नयाँ संविधान निर्माण नभएसम्म सहमति कायम गरेर जान जरुरी छ भन्ने बुझ्नुपर्छ। खासगरी कांग्रेसले आफ्नो नेतृत्वमा भए सहमति कायम गर्ने आफ्नो नेतृत्व नभए विपक्षमा
बस्ने भन्ने जुन सोच बनाएको छ– त्यसलाई उसले त्याग्नुपर्छ। जनताको आदेश अनुसार माओवादी नेतृत्वको सरकारमा सहकार्य गरेर जानुपर्छ भन्ने सोच कांग्रेसले बनायो भने ढोका खुल्छ भन्ने लाग्छ।
|
| |
| Q. |
तपाईको आशय माओवादी नेतृत्वको सरकारमा कांग्रेस रहनुपर्छ भन्ने हो? |
| A. |
– कांग्रेस लगायत सबै दलहरु माओवादी अध्यक्ष प्रचण्डले नेतृत्व गर्ने सरकारमा सहभागी भई सहमतिको संस्कृतिलाई कायम राख्न सकिन्छ र नयाँ संविधान निर्माण गर्न सहज हुन्छ।
|
| |
| Q. |
गिरिजाप्रसादले राष्ट्रपति खोज्नुभएको हो कि? |
| A. |
– कसैले कुनै पद खोज्ने, पदकै निम्ति सबै राजनीतिक प्रक्रियालाई दाउमा राख्नुहँुदैन। गिरिजाप्रसादजस्तो एउटा लामो इतिहास बोकेको व्यक्तिले पदकै निम्ति त्यस्तो गर्नुभएको होला जस्तो हामीलाई लाग्दैन। फेरि पनि संविधानसभा बैठकमा राजीनामा घोषणाको क्रममा भावुकतापूर्ण भनाइ राख्नुभयो त्यहीअनुसार सहमति र समझदारी कायम राख्नको निम्ति सहयोग पुर्याउनुपर्छ। खासगरी कांग्रेसलाई त्यो दिशामा डोहोर्याउन मद्दत गर्नुभयो भने हामी अघि बढ्न सक्छौ।
|
| |
| Q. |
माओवादीले गिरिजाप्रसादलाई राष्ट्रपति मान्न सक्दैन? |
| A. |
– उहाँजस्तो बृद्ध व्यक्ति जसले यहाँसम्म ल्याउनुभयो। राष्ट्रपतिभन्दा पनि अझ माथिल्लो तहको राजनेताको रुपमा उहाँ रहदा देश र उहाँ आफैंलाई पनि बढी फाइदा हुन्छ भन्ने हामीलाई लाग्छ।
|
| |
| Q. |
तपाईंहरु गिरिजाप्रसादलाई राष्ट्रपति स्वीकार्नुहुन्न? |
| A. |
– हामीलाई त अप्ठ्यारो भन्दा पनि चुनावी जनादेश त्यो हो जस्तो लाग्दैन। नयाँ नेपालको जुन परिपकल्पना हामीले गरेका छौं– हामीले समावेशी पनि चाहेका छौं। मधेसी, जनजाति, महिला र दलितको पनि एउटा समानुपातिक प्रतिनिधित्व रहोस् भन्ने हाम्रो निर्णय छ यसरी हेर्दाखेरि गिरिजाबाबुले त्यो दिशामा अघि बढ्नका निम्ति बाटो छोडिदिंदा राम्रो हुन्छ जस्तो लाग्छ।
|
| |
| Q. |
भावी राष्ट्रपति को बन्छ त? |
| A. |
– सकेसम्म त हामी सहमतिमा जाउँ भन्ने हो। यदि माओवादीले नपाउने हो भने जनताले जनादेश दिएकै थिए पाउनु नै पर्थ्याे भन्ने हामीलाई अहिले पनि लाग्छ। त्यसमा सहमति नहुने हो भने मधेसी, महिला, जनजाति, दलितमाझबाट सहमति कायम गर्न सकियो भने राम्रो हुन्छ भन्ने हामीलाई लाग्छ।
|
| |
| Q. |
एमालेका नैतिकता प्रदर्शन गर्ने नेता माधव नेपालको नाम राष्ट्रपतिमा सहमति भएको होइन? |
| A. |
– हामीले कसैको नाममा पनि सहमति जनाएका छैनौं। माधवजीको नाममा सहमति होला जस्तो पनि हामीलाई लाग्दैन। किनकि माधवजी र गिरिजावावु सबै हिसाबले उहाँहरुको बीचमा खासै तात्त्विक असर पर्दैन। जनताले नयाँ परिवर्तनको अनुभूत पनि गर्दैनन्। समावेशी भाव पनि त्यहाँ आउदैन। त्यस हिसाबले उहाँहरु भन्दा अलग्गै र माओवादीकै चाहना भन्नुहुन्छ भने मधेसी, महिला, जनजाति र दलितमध्ये एउटा राष्ट्रपति हँुदा राम्रो हुन्छ।
|
| |
| Q. |
संविधान संशोधनको प्रस्ताव त संविधानसभामा अड्कियो नि? |
| A. |
– नयाँ सरकार गठन गरेर अघि बढ्नुपर्ने बेलामा मधेसवादी आन्दोलनका समयमा भएका सहमतिलाई कार्यान्वयन गर्नुपर्ने बेलामा सरकार गठन प्रक्रिया नै अवरुद्ध हुने गरी जुन गतिविधि संविधानसभा अवरुद्ध मधेसी दलहरुले गर्नुभयो– त्यो उचित हो जस्तो हामीलाई लाग्दैन। तैपनि उहाहरुसँग कुराकानी गरेर यसलाई हल गर्ने पक्षमा छौं।
|
| |
| Q. |
मधेसीहरुको स्वायत्त प्रदेश मधेशको माग पूरा गर्न सकिन्छ? |
| A. |
– नेपाली कांग्रेसको नेतृत्वको सरकार त्यसमा पनि शान्ति मन्त्री रामचन्द्र पौडेलको वार्ता समितिले जुन सहमति कायम गर्यो– त्यो विषयमा सहमति खोज्नुपर्छ र भोलि संविधानसभा र नयाँ संविधानले निर्णय गर्ने कुरालाई अहिले नै गरिहालौं भनेर अडान उपयुक्त हँुदैन भन्ने हाम्रो भनाइ हो। स्वायत्त प्रदेश, आत्मनिर्णयको अधिकार, जातीय सुदृढ स्वशासनको आधारमा राज्यको पुनः संरचना हुनुपर्छ भन्ने माग राख्ने हामी नै हौं। त्यसैका निम्ति हामीले १० औं हजारको बलिदान पनि हामीले गरेका हौं। सैद्धान्तिक रुपमा हाम्रो कुनै विमति नै छैन। संविधानसभाले बनाउने नयाँ संविधानमा त्यो टुंगो लाग्छ। मधेसको एक चोटी निर्णय गर्ने अनि मगराँत, किराँत, थारू वा अरुको पछि गर्ने भन्ने हँुदैन। हामी सबैलाई मिलाएर राज्यको पुनःसंरचना गर्नेछौं।ा
|
| |
| Q. |
मधेसवादी दलले उठाएका सबै माग पूरा गर्न माओवादी तयार छ? |
| A. |
– यसलाई छलफल गरेर समाधान खोज्न हामी तयार छौं। राजनीतिक प्रक्रियालाई अवरुद्ध गर्ने गरी हामी अघि जानुहुन्न।
|
| |
| Q. |
मधेसवादीहरुसँग कहिले कुरा सुरु हुन्छ? |
| A. |
– हामी त अहिले नै सम्पर्क गर्न चाहेका छौं। आज शुक्रवार नै हामी कुरा गर्छाै।
|
| |
| Q. |
नयाँ सरकारको बजेट कहिले र कसरी आउँछ, ढिला भएन? |
| A. |
– यही विषयलाई लिएर कांग्रेसको हामीले आलोचना गरेका हौं। असार मसान्तसम्ममा सरकारको बजेट, नीति र कार्यक्रम गर्नुपर्थ्यो भन्ने विषयलाई ध्यानमा राख्दै गिरिजाबाबुले आज भनेका कुरा कमसेकम डेढ महिना पहिले भन्नुपर्थ्या र नयाँ सरकारको मार्ग प्रशस्त गर्नुपर्थ्या। जुन ढिलाइ कांग्रेसले गर्यो, त्यसले गर्दा यो बजेट निर्माणको प्रक्रिया पनि अनिश्चित बनेको छ। कांग्रेसले बनाएको बजेट सरक्क गएर पढ्ने पक्षमा हामी छैनौं।
|
| |
| Q. |
त्यसो भए तपाईंहरु अर्का नयाँ बनाउनुहुन्छ? |
| A. |
– बिल्कुल। हामी जनताले गणतन्त्र नेपालको नयाँ बजेट नयाँ युगको नयाँ बजेट अपेक्षा गरेको छ। त्यसैलाई झल्काउने गरी हामी बजेटको तयारी गर्छाैं। पुरानो सिसीमा नयाँ रक्सी भनेजस्तो बजेट हामी बनाउँदैनौं।
|
| |
| Q. |
नयाँ सरकार कहिलेसम्म बन्ला त? |
| A. |
– कांग्रेस र अन्य दलले यो संविधान संशोधनको प्रक्रियालाई छोट्याएर र राष्ट्रपति निर्वाचनको प्रक्रियालाई सहज बनाउन कस्तो भूमिका निर्वाह गर्नुहुन्छ– त्यसमा भर पर्छ।
|
Rishi Dhamala
The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/06/30/p399/trackback/
No comments yet.
RSS feed for comments on this post.
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>