बहुमुल्य श्रीपेच लण्डनमा बेचियो !
२३९ बर्ष पुरानो पूर्वराजा हरुले राजगद्धिमा बस्दा लगाउने श्रीपेच राजदरबारमा पनी अहिले सम्म नभेटिएको र एउटा श्रीपेच लनडन मा ९०,००० पौन्ड मा बिक्री भई सकेको भन्ने समाचारले ऐतिहांसिक र बहुमुल्य हिरा मोती जडीत श्रीपेचको बारेमा जनचासो हुनु स्वाभाबिकनै हो । जुन ४ २००१ मा तात्कालिन राजा बिरेन्द्रको बंश नाश भएपछी अन्तिम पटक पूर्व राजा ज्ञानेन्द्रले श्रीपेच लगाएको देखिएको थियो ।
आजको टाईम्स अफ ईन्डियामा ९०,००० ह्जार पौन्डमा बिक्री भएको भनिएको श्रीपेच पूर्व राजा ज्ञानेन्द्रले जुन ४ २००१ मा लगाएको श्रीपेच नै हो वा पुरानो श्रीपेच हो भन्ने कुरा राजदरबारमा अनुसन्धान पछी मात्र थाहा हुने छ ।राज दरबार भित्र को सम्पत्ति को बारेमा अनुसन्धान गरिरहेको सरकारी टोलिले अहिले सम्म श्रीपेचको बारेमा केही बताएको छैन ।सरकारी अनुसन्धान टोलीले हेर्न बाँकी रहेको महेन्द्र मन्जिल दरबारमा उक्त श्रीपेच रहेको हुन सक्ने एक दरबार श्रोतले बताएको छ ।महेन्द्र मन्जिल दरबार बर्तमान सरकारले पूर्व राजा ज्ञानेन्द्रकी हजुरआमाका लागी निवास तोकेको छ ।
hainare ho sir arkai shree pecha hore. bichara raja le kina bechtho ra.
ha ha…...........
Comment by Bal Krishna Basnet — June 11, 2008 @ 12:15 pm