अस्ट्रेलियामा नेपाली विद्यार्थीको दुःखदायी जिन्दगी
अस्ट्रेलियामा दुइ साताअघि नेपाली विद्यार्थी बसेका दुइ घरमा छापा मारिएपछि कमाउ“दै पढ्ने सपना सा“चेर त्यहा“ गएका नेपाली तन्नेरीहरूको समस्या उजागर भएको छ । भिक्टोरिया राज्यको कोबर्गस्थित नेपाली हेमबहादुर तामाङका ती दुइ घरमा ७६ नेपाली विद्यार्थी ‘बस्नै अयोग्य’ अवस्थामा रहेको छापा मार्ने अधिकारीहरूले बताएका छन् ।
६ कोठे एउटा घरमा ४८ जना र अर्कामा २८ जना बस्ने गरेको छापा मार्ने निकाय मोरल्यान्ड परिषद्का प्रमुख कार्यकारी पिटर ब्राउनले ‘हेराल्ड सन’ पत्रिकालाई बताएका छन् । धेरैजसो विद्यार्थीले ‘हस्पिट्यालिटी’ विषय पढिरहेको र बसेबापत उनीहरूले तामाङलाई मासिक प्रतिव्यक्ति दुइ सय ५० अस्ट्रेलियाली डलर तिरेको ब्राउनले बताए । उत्तरी मेर्ल्बर्नका ती घरमा ट्वाइलेट अपुग भएपछि नजिकैको र्सार्वजनिक शौचालय र धारामा लाइन लागेका विदेशी तन्नेरीलाई देखेका स्थानीयले परिषद्लाई त्यसबारे सचेत तुल्याएको ‘सन’ ले लेखेको छ । ‘यो कम्तीमा विदेशमा आएर केही गर्ने प्रयासमा रहेका विद्यार्थीहरूको शोषण भएको परिषद्को शंका छ,’ ब्राउनले भनेका छन्- ‘विद्यार्थीहरूको अर्को समूह जुलाईमा आउ“दै छ भन्ने हामीले थाहा पाएका छौं ।’
‘असुरक्ष्त,’ ‘निम्नस्तरको’ र ‘अत्यन्त भीड’ मा विद्यार्थी राखेको भन्दै घरमा धूवा“ पत्ता लगाउने यन्त्रहरू नराखेकामा परिषद्ले तामाङविरुद्ध मुद्दा चलाउने तयारी गरेको थियो । त्यस्तो भए तामाङलाई बढीमा एक हजार डलर तिराइने ‘सन’ ले लेखेको छ । विद्यार्थीहरूको त्यो बसाइ“ ‘तेस्रो विश्वको स्तरको’ भएको एउटा पत्रिकाले उल्लेख गरेको छ ।
केही वर्षता अस्ट्रेलिया ‘पढ्न’ जाने नेपालीको संख्या ह्वात्तै बढेको छ । त्यसस“गै अस्ट्रेलिया पुगेपछिको जिन्दगी दुःखदायी भएको गुनासो गर्ने तन्नेरीको संख्या पनि बढेको छ । निकै महिनादेखि अस्ट्रेलियाबाट नेपाली विद्यार्थीहरूले गुनासोयुक्त इमेलहरू पठाइरहेका छन् । कमाउ“दै पढ्न पाइने र अस्ट्रेलियाको स्थायी बासिन्दासमेत हुन सकिने आसमा धेरै नेपाली त्यहा“ पुगेका हुन्छन् ।
‘यहा“ थुप्रै विद्यार्थी कठिन जिन्दगी जिउन बाध्य छन्,’ कुनै खाडी मुलुकमा दुःख पाएका कामदारको गुनासो जस्तो लाग्ने एउटा इमेलमा एक विद्यार्थी लेख्छन्- ‘१० लाखसम्म खर्च गरेर मीठो सपना लिएर उनीहरू यहा“ आउ“छन् । आएपछि जागिर पाउ“दैनन् । सरकारले विद्यार्थीलाई सातामा २० घन्टामात्र काम गर्न दिन्छ । जागिर पाए मुस्किलले ४ सय डलरसम्म कमाइन्छ । स्नातकोत्तरका विद्यार्थीले ४ महिने सेमेस्टरमा साढे सात हजार डलरसम्म तिर्नुपर्छ । नतिरे विश्वविद्यालयले अध्यागमनलाई सूचित गर्छ । त्यसैले घरमै पैसा माग्नुको विकल्प छैन ।’
सरकारी ‘अस्ट्रेलियन एजुकेसन इन्टरनेसनल’ का अनुसार २००७ को सेप्टेम्बरअघिका १२ महिनामा अस्ट्रेलिया जाने नेपालीको संख्या ५ सय ४ प्रतिशत अर्थात् २ हजार ८ सय ८४ ले बढेको थियो । नेपाल अस्ट्रेलियाको ११ औं ठूलो स्रोत मुलुक हो । नेपाली विद्यार्थी संख्याको वृद्धिदर भारतपछि सबैभन्दा ठूलो छ ।
भिसा प्रक्रिया खुकुलो गरेपछि अस्ट्रेलिया जाने नेपालीको संख्या बढेको हो । काठमाडौंस्थित दूतावासले भिसा दि“दैन तर त्यसका लागि भारतको नया““दिल्लीस्थित अस्टे्रलियाली दूतावासमा कागजात पठाएमात्र पुग्छ, निवेदक आफैं अन्तर्वार्ताका लागि उपस्थित हुनुपर्दैन । कतिपय विद्यार्थीले अर्कैको पैसा आफ्नो बैंक ब्यालेन्स भनी देखाउने र पर्याप्त पैसा नलिई उता जाने हु“दा काम नपाउ“दा अप्ठेरोमा पर्ने एउटा कन्सल्टेन्सीका प्रबन्ध निर्देशकले बताए ।
‘युरोप र अमेरिकाको तुलनामा अस्टे्रेलियाको शिक्षा सस्तो छ,’ काठमाडौंको कन्सल्टेन्सी ओली एन्ड एसोसिएट्सका प्रमुख कन्सल्ट्यान्ट बासुदेव ओलीले भने- ‘पार्ट टाइम काम गरेर पढ्न पाउनु एउटा सुविधा हो तर त्यसैमा भरपर्ने भन्ने हु“दैन । कन्सल्टेन्सीले काम दिलाउने जिम्मा लिन मिल्दैन । कसैले जागिरको आश्वासन दिन्छ भने गलत हो ।’