June 9, 2008

प्रधानमन्त्री कोइराला खुलामञ्चको आमसभामा सहभागी

Filed under: समाचार

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले १२ बुँदे समझदारीदेखि शान्तिसम्झौता तथा अहिलेसम्म ल्याउने शक्तिलाई चिन्न माओवादीलाई आह्वान गरेका छन् । निकै लामो समयसम्म आमसभा सम्बोधन नगरेका कोइरालाले जेठ २६ गते राजधानी, शहीदमञ्चमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै भने, ‘तपाईहरुलाई यहाँसम्म कसले ल्यायो भनेर म केही भन्दिन तर, चिन्नुभयो भने तपाईहरुलाई र मुलुकलाई पनि राम्रो हुन्छ ।’ माओवादी नेताहरुले कोइरालाई राष्ट्रपति स्विकार नगर्ने अडान राखिरहेको बेला आएको उनको यो भनाईलाई अर्थपूर्ण मानिएको छ ।

पानीको बर्षाबीच करिव पाँच मिनेट लामो सम्बोधन गरेका कोइरालाले सहमति र सहकार्यको बिकल्प मुलुकमा नरहेको दोहोर्‍याए । ‘संविधानसभामा कुनै पार्टीले जितेको छैन र कुनै पार्टीले हारेको छैन’ कोइरालाले भने, ‘संविधानसभाको चुनाव हुनु र गणतन्त्र घोषणा हुनु भनेको जनताको जित हो ।’ कार्यक्रममा कोइरालाले प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रतामा कुनै शक्तिसँग कहिल्यै सम्झौता नगर्ने तथा लडिरहने पनि उल्लेख गरे । 

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/06/09/p365/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com