नयाँ नेपाल र प्रवासी युवा
देश र जनताबीचमा प्रसब अवस्थामा छटपटिइरहेको लोकतान्त्रिक गणतन्त्र यही जेष्ठ १५ गते राती ११ :२० बजे जन्मिएको छ । नयाँ विचार, नयाँ संस्कृति र नयाँ परम्पराको रुपमा नेपाली जनताको घरमा हुर्कने सर्तमा जन्मेको यो गणतन्त्रका लागि विशेषगरी युवावर्गले ठूलै मूल्य चुकाउनुपर्यो । दशौं हजारौंको बलिदान, हजारौं वेपत्ता, हजारौं घाइते-अपा· तथा लाखौं घरवारविहीन भएर पनि उत्तिकै दृढसंकल्पका साथ जुन उदात्त कृतिमान खडा भयो, त्यो नेपालको इतिहासमा मात्र नभएर विश्व इतिहासमै यस समयका नेपाली जनता ज्यादै वीर, बहादुर, विवेकशील, सहास एवं स्वाभिमानी छन् भन्ने कुरा सिद्ध भएको छ । २० औं शताब्दीका महाकवि लक्ष्मीप्रसाद देवकोटाको शब्दमा "हामी बुद्धु भएर बहादुर भएका नेपालीहरू" अब बुद्धी भएरै बहादुरको उपमा पाउनलायक भएका छौं ।
यो भावना लेखिरहदा मुम्बइका गल्लीहरूमा मजदुरी गरिरहेका मेरा दुई सहोदर दाइरहेको सम्झना आइरहेको छ । एसएलसी परिक्षा दिएश्चात रोजगारीको लागि दाइहरूको पछि लागेर गएको मैले आज भन्दा दश बर्ष अगाडि देखेको थिए — मुम्बइका कोठीहरूमा, गल्लीहरूमा, महलका गेटहरूमा, होटलका भाडा माझ्ने मोहरीहरूमा नेपाली आमाका ती बलवान युवाहरू कैयौं अपमानीत र तिरस्कृत निर्देशनमा आफ्ना सबैभन्दा उर्जाशिल, गतिशिल श्रमहरू ज्यादै सस्तो मूल्यमा लुटाइरहेका छन् । किशोर अवस्थाबाट पार गरेर भखैरै बैशालु उमेरमा टिकेका ती सुन्दर हाम्रा चेलीहरू अधेंरा कोठीहरूमा वेश्या र रण्डीको उपमा भिरेर आफ्नो अस्मिता लुटाइरहेका छन् । मुस्ताङ् र मनाङ् का स्याउदाना जस्ता उनीहरूका गालाहरू ज्यादै निरश, चोक्रिएका र चुसिएका छन् । कत्रो बिडम्बना ∕ दिनभरीको श्रम-मजदुरी गरेर थकित मुद्रामा रातीको विस्तरामा भेट हुने मेरा दाइहरू बहादुरको उपमा पाइ आफ्नो श्रमलाई ज्यादै सस्तो मूल्यमा बेचेको देख्दा म ज्यादै स्तब्ध हुँदै लगत्तैको दुई महिनापछि नेपाल फर्किएको थिए । मेरो एउटै प्रश्न थियो, कि नेपाल र नेपालीहरूले साच्चै यस्तो नियती कहिलेसम्म झेलिरहने ?
त्यतिबेला मैले एउटा संकल्प गरेको थिए । म कहिल्यै यस ठाउमा मेरो श्रम बेच्न आउने छैन । बरु हामी नेपालीलाई गरिबलोगु भनेर घृणा गर्ने ती भारतीय शासक वर्गका प्रतिनिधिहरूका अगाडि ती श्रम गर्ने नेपालीहरूको आत्मसम्मान बढाउनका लागि मेरो जीवन समर्पण गर्नेछु । भोक, रोग, गरीबी, अभाव, उत्पीडन, ज्यादती, अशिक्षाको मारमा परेका ती लाखौ नेपाली आमाका बेरोजगार युवाहरूको लागि एउटा पारिलो किरण बन्ने अवसर प्राप्त गर्न सकु’ भन्ने मनोकांक्षा लिएर नेपाल फर्केको थिए’ । त्यसैबेला मैले अध्ययन गरेको थिए’, भारतीय शासकहरूको मिचाह प्रवृत्ति, नेपाली श्रमजीवी युवाहरूमाथि मात्र नभएर सि·, नेपाल अनि नेपाली भूमिमाथि विभिन्न नाममा भैरहेको छ । यतिसम्मकी हाम्रा सिमा क्षेत्र मिचिएका छन्, हाम्रा चेलीहरू लुटिएका छन्, हाम्रा श्रमहरू सस्तो मूल्यमा बेचिएका छन्, विभिन्न सन्धी सम्झौताका नाममा हाम्रा देशका सबै आर्थिक श्रोत-साधनहरू उनीहरूकोमा थुपारिएका छन् । तर यी सबै कुरा अध्ययन गरेर भावुक भएको मैले दश बर्षमा मुलुकमा ठूलै परिवर्तन पाएको छु । नेपाली जनताहरू अहिले भारतीय शासकवर्ग र उनीहरूको हेपाहा र मिचाहा प्रवृत्तिको खुलेरै घृणा गर्न थालेका छन् । नेपालीहरूबिरुद्ध बिषबमन गर्ने ती शासक वर्गहरूको दुश्चरित्रलाई राम्रैसूग झापड हान्न थालेका छन् । यतिसम्मकी क्षणिक सत्तास्वार्थका लागि आफ्नो भूमिको तिलाञ्जली दिने ती काला इतिहासका नेपाली राजा-महाराजाहरूद्वारा गरिएको विभिन्न असमान सन्धी सम्झौताको खुलेर भण्डाफोर गर्न थालेका छन् । आफ्नो व्यक्तिगत/दलगत स्वार्थका लागि नेपाली आमाका रगतसरी बगिरहेका नदिहरू बेच्ने नयाँ दलालहरूलाई पछारिदिएका छन् । उनीहरू महाकाली तथा टनकपुर जस्ता ‘सन्धी सम्झौताहरूको खारेजीको माग गरिरहेका छन् । यतिसम्मकी भारतीय शासकवर्ग बिरुद्ध जनयुद्ध नै छेडेका छन् । यथार्थ के हो भने दश बर्षे जनयुद्धको महत्वपूर्ण एजेण्डामध्ये एक भारतीय विस्तारवादी शासकहरूद्वारा नेपालमाथि लादिएको सुगौलीसन्धीलगायत असमानपूर्ण कथित सन्धी सम्झौताहरू खारेज मात्रै गरिने हो भने नेपाली युवाहरू अब भारतीय भूमिमा दास बनेर बसिरहन जरुरी देखिदैन ।हिजो राती ११:०० बजे पश्चात मलाई गर्वको अनुभूति भयो । मसूगै रोजगारीका लागि मुम्बइ गएका मेरा एकजना मित्र जो अहिलेसम्म पनि मुम्बइमा मजदुरी गर्दै आइरहेका छन् उनीले मलाई एउटा एस.एम.एस. गरे – "के हामीहरू नेपाली भूमिमा आएर रोजगारी पाउन सक्छौं ?" उनका अनुसार हिजो ठूलै उत्सव गरेछन् उनीहरूले मुम्बइमा । मलाई उनको मोवाइलबाट आएको छोटो एस.एम.एस.को प्रश्नले पुनः दश बर्ष अगाडिको त्यो होटेल जहाँ जुठो डेक्चीमुनी लुकेर उनी र मैले सूगसूगै भाँडा माझ्दथ्यौं, त्यो ठाउँको सम्झना आइरहेको छ । केरला प्रदेशको एक युवा मजदुरले मलाई प्रश्न गरेको कुरा पनि मैले सम्भिँरहेको छु- "के तिमीहरूको देशमा यसरी भाँडा माझ्ने काम पनि पाउँदैनौं ? भाँडा माझ्नकै लागि यहाँ आउनुपर्ने ?"
हिजो राती ११:०० बजे पश्चात मलाई गर्वको अनुभूति भयो । मसूगै रोजगारीका लागि मुम्बइ गएका मेरा एकजना मित्र जो अहिलेसम्म पनि मुम्बइमा मजदुरी गर्दै आइरहेका छन् उनीले मलाई एउटा एस.एम.एस. गरे – "के हामीहरू नेपाली भूमिमा आएर रोजगारी पाउन सक्छौं ?" उनका अनुसार हिजो ठूलै उत्सव गरेछन् उनीहरूले मुम्बइमा । मलाई उनको मोवाइलबाट आएको छोटो एस.एम.एस.को प्रश्नले पुनः दश बर्ष अगाडिको त्यो होटेल जहाँ जुठो डेक्चीमुनी लुकेर उनी र मैले सूगसूगै भाँडा माझ्दथ्यौं, त्यो ठाउँको सम्झना आइरहेको छ । केरला प्रदेशको एक युवा मजदुरले मलाई प्रश्न गरेको कुरा पनि मैले सम्भिँरहेको छु- "के तिमीहरूको देशमा यसरी भाँडा माझ्ने काम पनि पाउँदैनौं ? भाँडा माझ्नकै लागि यहाँ आउनुपर्ने ?"यति लज्जित, तिरस्कृत र अपमानितरुपमा त्यहाँ काम गर्ने नेपाली युवाहरूको लागि यतिबेला एउटा उमङ्छाएको छ । उनीहरू संघीय लोकतान्त्रिक गणतन्त्ररुपी नेपाललाई सांच्चै आफ्नो बनाउन चाहन्छन् । उनीहरू आफ्नो स्वदेशमा सम्मानित रोजगार चाहन्छन् । उनीहरूका सस्ता श्रमहरू विदेशी भूमिमा सिञ्चित नहोस् । थि्र डी अर्थात ड्रटी, डिफिकल्ट र डेन्जरको सामना गरिरहेका नेपाली युवाहरूको अर्को बिडम्बना सस्तोमा आफ्नो श्रम बेच्नु हो । यथार्थ के हो भने जहाँका शासक प्रशासकहरूले देश र जनतालाई अत्याधिक माया गर्दछन्, देश र जनताको स्वार्थअनुरुप आफूलाई कुर्वानी गर्दछन्, तिनै मुलुकका नागरिकहरू चाहे स्वदेशमा होस वा विदेशमा रहोस, ऊ सम्मानपूर्वक बाँच्न पाउँदछ । नेपाली राजतन्त्रवादी शासकहरूको चरित्र भ्रष्टाचारी, ब्याभिचारी र निरङ्कुशतावादी भएकै कारण यो मुलुकका नागरिक जहाँ गए पनि अपमान मात्रै खेपिरहे ।
हो, २४० बर्षे निरङ्कुश राजतन्त्रले नेपाली जनतालाई आफ्नो निहित स्वार्थका निमित्त नेपाल र नेपाली जनतालाई विश्वमा बदनाम मात्र होइन, लाक्षी र वेवकुफ बनायो, बेरोजगार बनायो, मुलुकलाई कङ्गाल बनायो । फलस्वरुप त्यसको परिणाम अबका दिनहरूमा राजतन्त्रले भोग्दैछ । हिजोदेखि त्यो पूर्ण रुपमा पतन भएको छ । नेपाली जनता जो जहाँ रहे पनि उनीहरू अब एउटा सर्तमा काम गर्नेछन् । सम्मानमा काम गर्नेछन् । मनोबलमा काम गर्नेछन् । बुद्धु भएर होइन साच्चै विवेकी-बहादुर हुनेछन् । किनकि नेपाली आमाका ती महान सपुतहरू जसले देश र जनताका लागि मुक्तिको कसम खाएर उच्च बलिदानी दिए, आज भारतीय विस्तारवादी शासकहरू समेत तर्सिएका छन् कि नेपाली भूमिमा त्यहाँ भएका नेपाली श्रमजीवी मजदुरहरूको दिन फर्किएको छ । यो दिनसूगै भारतमा काम गर्ने प्रवासी नेपालीहरूको अधिकारप्राप्तिको आन्दोलनको प्रारम्भ भएको छ । त्यहाँका लाखौं चेलीहरू जो नारकीय जीवन व्यातित गरिरहेका छन् । उनीहरू त्यहीबाट विद्रोह गर्नेछन् । अब त नयाँ नेपालमा दुश्मनका जेलहरू ब्रेक गर्ने उमा भुजेलहरू जन्मिसकेका छन् । वेश्यालयमा अर्काको शरीर लुक्षेर कामबासना प्राप्त गर्ने ती चुसकहरूलाई ब्रेक गरेर नेपाल र्फकनका लागि यहाँका उमा भुजेलहरू आव्हान गरिरहेका छन् । युवाहरूलाई राष्ट्रविकासको काममा लगाउन आव्हान गर्दै नेपाली राजनीतिक मञ्चमा योङ् कम्युनिष्ट लिग जन्मिसकेको छ । युवाहरूको श्रमलाई प्रयोग गर्न र श्रमको सम्मान गर्ने वातावरण तयार गर्न युवा मन्त्रालयको अवधारणा अघि सारेको छ । अबको नयाँ नेपालले युवाहरूको विगतको बलिदानीपूर्ण किर्तिमानलाई जतिसक्दो छिटो उर्जामा परिणत गर्न जरुरी छ । त्यो भनेको आर्थिक क्रान्तिमार्फत बरोजगारको पूर्ण अन्त्य हो । तर त्यसो हुन नसकेमा अधिकार भन्ने कुरा मागेर नपाइदोरहेछ भन्ने कुरा युवाहरूले बुझिसकेका छन् । यो कसैको दया-मायाले दिने कुरो होइन, खोसेर लिने कुरा हो । विद्रोहको कुरा हो ।
विद्रोह चाहे मलेशियाबाट होस, चाहे वासिङ्टनबाट होस वा बम्वइका कोठीहरूबाट होस् । युवाहरू सम्मानित हुनका लागि उनीहरूको सचेत विद्रोह नै आवश्यकतासिद्ध भएको छ । नेपालमा अब नेपाली आस्थाका धरोहर नयाँ विचार, नयाँ नेपाल जो लाखौं चुसिएका, लुटिएकाहरूको सम्मानित जीवन फर्काउनका लागि आतुर रहेको छ । आऔं ∕ एकजुट होऔं ∕ संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हाम्रो हो । हामी सबै नयाँ नेपालका स्वाभिमानी नेपाली बनौं ।
Lakali j patrikaritako madhayambat tapain desh bideshma name kamaunu hola pashupatinathle hami sabai nagariko g.shah sahit sabaiko kalyan garun
dai ram karki
Comment by Administrator — June 6, 2008 @ 6:12 am
Nepali haru ko kam khali birodha matra garne jasto cha/The leader are not intrested for the development of the country.Only they are spending the valuable time for the protesting the ex. king Gayananda. Let him to survive freely.To live there is need of house for the ex king.
Comment by Administrator — June 6, 2008 @ 6:17 am