रत्नपार्कमा बम बिष्फोट
आज पनि राजधानीको मुटु मानिने रत्नपार्कमा अज्ञात ब्यक्तिहरुद्वारा बम बिष्फोट गराईएको छ । अपरान्हतिर गराईएको बम बिष्फोटमा परी एकजना ब्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाईतेको उपचारका लागि बीर अस्पतालमा भर्ना गरिएको छ । ![]()
उक्त बिष्फोट हिन्दु अतिबादी मानिने रणवीर सेनाले गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। हिजो मात्र बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको दक्षिणी प्रवेशद्वारमा पनि यसरीनै बिष्फोट गराईएको थियो ।