संबिधान सभासदहरुद्वारा शपथ ग्रहण
आज राजधानीस्थित बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संबिधानसभाका सभासदहरुले सबैभन्दा ज्येष्ठ सभासद कुलबहादुर गुरुङबाट शपथ ग्रहण लिए ।
उमेरका हिसाबले ८४ बर्षिय प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला सबैभन्दा ज्येष्ठ भएपनि उहाँले प्रधानमन्त्रीको कार्यभार सम्हालिरहनु भएकोले त्यसपछिका ज्येष्ठ सभासद ७३ बर्षिय गुरुङद्वारा शपथ ग्रहण गराईएको हो । यसअघि गुरुङले अन्य सभासदहरुसमक्ष आफुले शपथ ग्रहण लिनु भएको थियो ।
प्रमुख टेलिभिजन च्यानलहरुले उक्त शपथ ग्रहण कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेका थिए । सहमति हुन बाँकी रहेको मनोनित २६ जना र निर्बाचन अदालतमा बिचाराधिन मुद्दा खेपिरहेका २ जना सभासदहरुको शपथ ग्रहण भने बाँकी रहेको छ । मनोनित हुने २६ जनाको शपथ ग्रहण भोलि हुने संबिधानसभाको पहिलो बैठक शुरु हुनु अगावै गराईने संसद सचिवालयले जनाएको छ ।