राजा ज्ञानेन्द्रको सम्बोधन आउने
राजा ज्ञानेन्द्रको दरबार बहिर्गमनका सम्बन्धमा सर्वत्र कौतुहलता बढीरहेकै बेला गत बिहीबार नागार्जुन गएका राजा ज्ञानेन्द्र अपराहृन नारायणहिटी फर्केका छन् ।
नागार्जुन बसाईमा राजाले देशी-विदेशी विभिन्न व्यक्तित्वसंग परामर्श गरेको बिझिएको छ । दरबार फर्किएका राजाको सम्भवत भोलि गणतन्त्र कार्यान्वयनको विषयलाई केन्द्रित गरी केही सन्देश आउन सक्ने अनुमान गरिएको छ ।
सम्बोधनमा कस्तो विषय समेटिएला त्यो भने अनुमानकै विषय रहेको छ । राजा फर्केलगत्तै दरबारको सुरक्षा व्यवस्थामा थप कडाई गरिएको बताइएको छ ।