कांग्रेसलाइ दशा लागेको छः वादल
माओवादी वरिष्ठ नेता रामबहादुर थापा बादलले कांग्रेसका सात सर्त कांग्रेसकै लागि ‘साढे सातको दशा’ हुने बताएका छन् । सहमतिको सरकार बनाउन माओवादीसँग कांग्रेसले राखेको वाइसिएल विघटनलगायत सात सर्त माओवादीलाई अमान्य हुने नेता बादल बताए ।
‘कांग्रेसका सात सर्त कांग्रेसको लागि साढे सातको दशा हो,’ राजधानीमा आयोजत एक कार्यक्रममा बादलले भने, ‘हामी कामना गर्छौं, त्यसो नहोस् ।’ वाइसिएल विघटन होइन, विस्तार गर्ने योजना रहेको बादलले बताए । ‘हामीले दुई सय २० सिट जितेका छौं । सबै युवालाई वाइसिएल बताएर ६ सय एक सिट जित्न चाहन्छौं,’ नेता बादलले अन्य दललाई सुझाव दिए, ‘यदि तपाईंहरू पनि त्यस्तो चाहना राख्नुहुन्छ भने आफ्नो हारका कारण आफैंभित्र खोज्नुस् । हामीलाई दोष नदिनुस् ।’ बादलले वाइसिएलको भन्दा राम्रो काम गरेर देखाउन अन्य दलहरूलाई चुनौती पनि दिए ।
गिरिजाप्रसाद कोइरालासँग सरकारमा बसिरहने नैतिक र कानुनी दुवै हक नभएको दाबी गर्दै नेता बादलले जतिसक्दो चाँडो राजीनामा गरेर नयाँ सरकार गठनको बाटो खुला गर्न आग्रह गरे । आफूले नचाहेर पनि जनताले माओवादीकै नेतृत्वमा सरकार बन्नेमा जोड दिए ।
‘हामीले चाहेर पनि सरकारको नेतृत्व गर्ने जिम्मेवारीबाट हट्न मिल्दैन,’ बादलको तर्क थियो, ‘त्यसको गर्दा जनादेशको अपमान हुन्छ ।’ यसैगरी नेता बादलले गिरिजाप्रसाद कोइरालालाई माओवादी उदार भएर राष्ट्रपति माने पनि जनताले नमान्ने बताए । ‘हामीले त उदार भएर मानौंला तर जनताले मान्दैनन्,’