May 22, 2008

माओवादी मन्त्रीहरुले प्रधानमन्त्रीको राजिनामा माग्ने

Filed under: समाचार

माओवादीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पदबाट औपचारिकरुपमा राजीनामा माग गर्ने निर्णय गरेको छ । राजधानीमा बसेको माओवादी सचिवालयको बैठकले आज हुने मन्त्री परिषद बैठक तथा आजै हुने पाँच दलको बैठकमा प्रधानमन्त्री कोइरालाको राजीनामा माग्ने निर्णय गरेको सचिवालय सदस्य सिपी गजुरेलले जानकारी दिए ।

गजुरेलका अनुसार, आफ्नो जनमुक्ति सेनाबाट मारिएका कोटेश्वरका ब्यवसायी रामहरि श्रेष्ठको हत्या प्रकरणबारे छानवीन गर्न माओवादीले आन्तरिक आयोग बनाएको छ । आयोगको संयोजकमा सचिवालय सदस्य पोष्टबहादुर बोगटी दिवाकर, सदस्यहरुमा केन्द्रीय सदस्य हितराज पाण्डे र एकराज भण्डारी रहेको गजुरेलले जानकारी दिए । श्रेष्ठ हत्या प्रकरणको छानवीन गर्न सरकारले उच्चस्तरी आयोग गठन गर्नुपर्ने प्रस्ताव आफ्ना मन्त्रीहरुबाट मन्त्री परिषदको बैठकमा लैजान लागिएको पनि गजुरेलले उल्लेख गरे । 

1 Comment »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/05/22/p328/trackback/

  1. every thing is going nicely pls keep it up.

    Comment by Bal Krishna Basnet — May 25, 2008 @ 9:36 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com