May 7, 2008

मलेसिया गएका चार नेपाली विमानस्थलबाटै पक्राउ

Filed under: समाचार

वैदेशिक रोजगारीका लागि मलेसिया गएका चारजना नेपाली विमानस्थलबाटै पक्राउ परेका छन् । उनीहरूलाई ७२ घन्टापछि जेल चलान गरिएको छ । पक्राउ पर्नेमा झापा शरणामती-६ का हेमराज पाण्डे, सुरुंगा-४ का इन्द्रप्रसाद उप्रेती, बुधबारेका रमेश राई र इलाम चिसापानीका लालबहादुर खाती छन् ।

 सेक्युरिटी गार्डका लागि उनीहरू १८ वैशाखमा मलेसिया पुगेका थिए । मासिक ३५ हजार तलब पाउने गरी उनीहरू चारैजनालाई झापाको विर्तामोडस्थित शारदा इम्प्लोइमेन्टस् कन्सल्टेन्सी प्र।लि.ले मलेसिया पठाएको परिवारजनले बताएका छन् ।

 मेनपावर कम्पनीका सञ्चालक नारायण शंकरले प्रतिव्यक्ति एक लाख ५० हजार रुपैयाँ लिएर उनीहरूलाई पठाएको पाण्डेका आफन्त बृहस्पति पाण्डेले बताए । मेनपावरको लापरबाहीले उनीहरू पक्राउ परेको उल्लेख गर्दै उनले भने, ‘अब कसरी छुटाउने हो, थाहा छैन ।’ नपावरमा कार्यरत कर्मचारी सुष्मा गिरीले एजेन्ट शोभित पाण्डेका कारण उनीहरू पक्राउ परेको बताइन् । पक्राउको कारण खुल्न सकेको छैन ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/05/07/p301/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com