May 3, 2008

माओवादीलाइ अमेरिकाले आतंककारीको सुचीवाट हटाउने

नेपालका लागि अमेरिकी राजदूत नान्सी पावेलले नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डसँग भेटेकी छिन्। अमेरिकी अधिकारी र नेपालका लागि अमेरिकी राजदूत नान्सी पावेलले नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डसँग भेटेकी छिन। अमेरिकी अधिकारी र अमेरिकाको सरकारले अझैपनि आतंकबादी सुचीबाट हटाइनसकेको नेपाली (माओवादी) का नेताबीच भएको यो पहिलो प्रत्यक्ष सम्पर्क हो।

सरसल्लाहका लागि वाशिंगटन प्रस्थान गर्ने अघिल्लो बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेकी राजदूत पावेलको माओवादी अध्यक्ष प्रचण्डसँगको भेट त्यही साँझ अर्थात बिहीवार भएको थियो। प्रचण्डलाई भेट्न राजदूत पावेल आफ्ना सहयोगी अमेरिकी नियोग उपप्रमुख राण्डी बेरीकासाथ प्रचण्डको नयाँ बजार निवास पुगेका थिए। करीब ३५ मिनेटसम्म चलेको कुराकानीका अवसरमा वरिष्ठ माओवादी नेता बाबुराम भट्टराई पनि थिए।

भेटलाई अमेरिकी राजदूतावासलेनै सार्वजनिक गरेको थियो । दुतावासले शुक्रवार जारी गरेको विज्ञप्तिमा माओवादी अध्यक्षको प्रचलित नामको सट्टा पुष्प कमल दाहाल उल्लेख गरिएको छ। राजदूतावासले भनेको छ, “संविधानसभाको चुनावको नतिजा, सबभन्दा ठूलो दलका रुपमा आएको र भावी सरकारको नेतृत्व गर्ने विश्वास गरिएको नेकपा (माओवादी) को भावी योजना र नेपाल अमेरिका संबन्धका बारे छलफल गर्न राजदूत नान्सी पावेलले नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटेकी थिइन।“ ‘संझौताहरुको सम्मान’ उनले नयाँ सरकारले दाताहरुसँगको वर्तमान संझौताहरुको सम्मान र तिनको कार्यान्वयन गर्नेहरुको सुरक्षाबारे पनि आश्वस्त हुन खोजेको थिइन्।

त्यस्तै माओवादी सेना र वाइसीएलप्रति लक्षित ठानिएको अभिव्यक्तिमा सबै माओवादी संगठनहरुद्वारा राजनीतिक प्रक्रियाप्रति बोली र काम दुवैले प्रतिबद्धता जनाउन उनले प्रचण्डलाई आग्रह गरेकी राजदूतावासले जनाएको छ। विश्लेषकहरुका अनुसार अमेरिकी राजदूत र माओवादी अध्यक्षबीचको भेटले नेपाली राजनीतिमा एउटा नयाँ तरंग सृजना गरेको छ। अमेरिकाद्वारा आतंककारी घोषित संस्थाका नेतालाई अमेरिकी अधिकारीले भेट्न विदेश मन्त्रालयको विशेष स्वीकृति लिएर मात्र भेट्नु पर्ने कानूनी व्यवस्था छ। अमेरिकी विदेश मन्त्रालयले त्यस्तो स्वीकृति दिनुलाई माओवादीलाई आतंककारीको सुचीबाट अझै हटाइनसकेको अमेरिकाको नीतिमा परिवर्तनको संकेत रुपमा हेरिएको छ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/05/03/p291/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com