हतारको यात्राको केही झझल्को
आज म स्याङजाको भ्रमण गरेर फर्केको छु । चुनावको निहु पारेर लामो स्याङजा वसाइपछि राजधानी फिरेको म एक आफन्तको विवाहकालागि आइतवार स्याङजाको मालुङगा पुगेको थिए । आउदो मंसिर अगाडी लगन नजुरेकोले वैशाखको अन्तिम लगन भएपनि नछुटाउने भनेपछि हतार हतारमा विवाह हुन लागेको रहेछ । ज्यादै नजिकका आफन्त भएकाले म पनि हतार हतार पुर्व तयारी र सुचना विना स्याङजा हान्निएको थिए । विहान कलेज-अफिस सकेर न्युरोडको सामान्य किनमेलपछि म आइतवार अपरान्ह दुइ वजेको वसमा पोखरातिर लागे । म चढेको माइक्रोवसले करिव ७ वजे पोखराको पृथवी चोक पुर्यायो । अन्तिम माइक्रोवस वालिङकालागि जादै रहेछ । त्यसैमा सवार भएर करिव पौने दशवजेतिर म वालिङ भकुन्डेका पुगे । वालिङमा खाना खाइवरी भाइ पुरषोत्तम पान्डेको वाइकमा चढेर पुरुषोत्तम र म लाग्यौ मालुङगा तिर । राती करिव १२ वजेतिर हामाी पुगियो विवाह घरमा । हतारको यात्रा भएकाले यात्रामा केही कठिनाइहरु आएका थिए । रात्रीकालिन यात्राका रोचकताहरुपनि उत्तिकै थिए । भ्रमण सकेर म आजै वेलुका राजधानी भित्रिएको छु । साथमा व्लगका पाठककालागि वाटोमा ल्ािइएका केही तस्विरहरु । सिद्धार्थ राजमार्ग अन्तरगत स्याङजामा पर्ने भालु पहाड मुनीको पहाड । देख्दा ज्यादै विकट लाग्ने यस पहाडमा केही स्वदेशी फिल्मको सुटिङपनि भएको छ । तनहु र कास्कीको बीचवाट वहेको सेतीनदी र नदी कटानवाट वढ्दै गएको पहिरो । वाटोमा पर्ने तंनहु छाङका खेतमा झुलेको हिंउदे धान । माइक्रोवसवाट लिइएको तंनुहुकै अर्को फांटमा धान झुलेको दृष्य । हतारमा भएकाले ठ्याक्कै कुन ठांउ भन्ने हेक्का भने रहेन ।