मेरो विद्यालयमा वतासको वितन्डा
मैले क-ख सिकेको विद्यालय चैत २९ गते आएको भिषण हावा हुरी संगै ढलेको छ । हावा हुरीले विद्यालयको जस्ता पाता मात्र नभएर पर्खालपनि ढालेको छ । हामी गांउवासी स्थानीय सहकारी संस्थाको साधारणसभासंगै आयोजना भएको वनभोजमा जाने तयारी गरीरहदा आएको भिषण हुरीले मैले पढेको जनता प्राथमिक विद्यालय कट्टी चौकलाइ ध्वस्त पारेको हो । विद्यालयको भग्न अवस्था हेर्दै गर्दा मेरो वालापन विद्यालयका सुरुका दिनहरु झल्झली याद आए । मैले विद्यालय पढ्दै गर्दा खिचिएको सानो फोटो यसै साथ संलग्न गरेको छु । साथमा मैले माध्यमिक शिक्षा लिएको जनता मावी विर्घा अर्चलेको सानदार भवन ।
Good morning sir u saynu chhada ko pic ma ta u chai kun ho ne tpoi layko ho ki mamesta gariko chai ho ne chinina ne
Comment by Kamala Neupane — May 16, 2008 @ 4:10 am