April 22, 2008

माओवादी विजयको पहेली

संविधानसभाको चुनावको नतीजाले नेपालको राजनीतिलाई एउटा नयाँ मोडमा ल्याइदिएको छ। यो मोडबाट राजनीति कसरी अगाडि बढ्छ ठूलो चासो बनेको छ। नयाँ नेपालको आश त सबैलाई छ तर पुरानो त्रास हराइसकेको छैन। चुनावमा गणतन्त्र स्थापना गर्न लागिपरेका माओवादीको अप्रत्याशित जीत भएको छ।

उत्तिकै अप्रत्याशित जीत हासिल गरेको छ माओवादीहरुलाई कमजोर तुल्याउन राजावादी र हिन्दू अतिवादीले समर्थन गरेको भनी उनीहरुद्वारानै आरोपित मधेशी जनअधिकार फोरमले। चुनावमा परंपरागत रुपमा राजावादी भनि चिनिएका राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता दलहरुको सफाया भएको छ। तर राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मन्त्री र मन्त्री सरहको क्षेत्रीय प्रशासक भएका मानिसहरुले तराईका क्षेत्रीय दलहरुबाट जितेका छन्।

पहेली

चुनाव भाँडछन् कि भनेर माओवादीले शंका गरेका राजा ज्ञानेन्द्रले चुनावी नतीजा प्रति प्रसन्नता देखाउनु कतिपयका लागि एउटा पहेली भएको छ। त्यस्तै पहेली भएको छ माओवादीको नियतप्रति सधैं सशंकित छिमेकी भारत र महाशक्ति अमेरिकाको चुनावी परिणामप्रति विश्वास।

सरसर्ती हेर्दा अस्वाभाविक लाग्ने यी घटनाक्रमहरुको सूक्ष्म विश्लेषणका लागि केही समय लाग्नेछ। त्यो भन्दा अघिनै चुनावी नतीजापछिको भावी राजनीतिक दिशाबारे कुनै निष्कर्षमा पुग्नु जोखिमपूर्ण हुनेछ। ठूलो जीत हात पारेको नेकपा माओवादी आफैलाई समेत चकित तुल्याएको चुनावी नतीजाको सोझो व्याख्या र विश्लेषण यसैपनि संभव छैन नै। त्यसमाथि पनि चुनाव अघिका सारा व्याख्या र विश्लेषणहरु गलत सावित भएपछि राजनीति शास्त्रका पण्डितहरुको चुनाव पछिको व्याख्या र विश्लेषणलाई गंभीर रुपमा लिन मानिसहरुलाई गाह्रो हुनेछ।

उनीहरुले सजिलो संग विश्वास गर्ने एउटै मात्र कुरा छ।त्यो हो माओवादीको अप्रत्याशित जीतका पछाडि एकातिर उनीहरुले केही गरेरै देखाउँछन् कि भन्ने आश, अनि अर्कातिर मर्न र मार्न जंगलतिरै फर्किने हुन कि भन्ने त्रास। देश र विदेशमा समेत अप्रत्याशित रुपमा हेरिएको चुनावी नतीजा पछिका दिनहरुमा पनि सुखद जीवनको आश र अनिश्चित भविष्यको त्रासका जारी रहनेछ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/04/22/p275/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com