April 4, 2008

देशैभरि माओबादीको पक्षमा जनलहर- प्रचण्ड

मुलुकमा संबिधान सभाको निर्बाचन नजिकिदैं गर्दा देशभित्र र देशबाहिरबाट सञ्चालित अनलाईन मिडियाकर्मीहरुले नेकपा माओबादीका अध्यक्ष प्रचण्डसंग शुक्रबार बिहान राजधानीको नयाँबजारस्थित उहाँकै निवासमा भेटवार्ता गरेका छन् ।
सौहार्द्रपूर्ण वातावरणमा भएको सो संक्षिप्त भेटवार्तामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासालाई मेटाउदैं अध्यक्ष प्रचण्डले मुलुकभरी माओबादीको पक्षमा उर्लेको जनलहरबाट अत्तालिएर धनगढीमा रहेका एमाले महासचिव माधवकुमार नेपालले अहिले आएर लगातार फोन गरेर तालमेलको लागि प्रस्ताव गरिरहेको बताउनुभयो । सो सम्बन्धमा आजै महासचिव नेपालसंग उताबाट फ़र्कनेबित्तिकै भेटवार्ता गरी १० स्थान सम्म तालमेलको संभावना हुनसक्ने उहाँले खुलासा गर्नुभयो ।

सो अवसरमा अध्यक्ष प्रचण्डले देशभरी माओबादीको पक्षमा जनमत बढ्दै गईरहेको देखेर केही मिडियाहरुले निर्बाचनको बेलामा आफ़्नो पार्टीबिरुद्ध नकारात्मक भ्रम फैलाउन लागिपरेको आरोप समेत लगाउनुभयो । निर्बाचनका सन्दर्भमा सुरक्षाको स्थितिका सम्बन्धमा राखिएको जिज्ञासामा अध्यक्ष प्रचण्डले माओबादीको बिजय देख्न नचाहने देशीबिदेशी शक्तिहरुले एक खालको अप्रिय घटना घटाएर सकेसम्म यो निर्बाचन हुन नदिने भरमग्धूर प्रयासमा लागिरहेकै छन् तर यहाँसम्म आउँदा के देखिन्छ भने अब केही गर्न नसकिने भयो भनेर तीनीहरुको मनोबल गिरेको, छटपटिएको, आत्तिएको र हतास मनस्थितिमा पुगेको देखिन्छ । यसको मतलव यो होईन कि अबको बाँकी एक दुई दिनभित्र ती प्रतिक्रियाबादीहरुबाट केही हुन सक्दैन । ढुक्क हुने स्थिति नभएपनि ती प्रतिक्रियाबादी शक्तिहरुले राजाले अन्तिम घडिसम्म केही न केही गर्ने र त्यसपछि उनीहरुको दिन आउने आशा पालेर बसेकाहरु पनि अब निराश हुँदैं माओबादी, कांग्रेस या एमालेतिर लाग्नेक्रम शुरु भएको छ ।

आसन्न संबिधान सभाको पूर्व सन्ध्यामा राजा ज्ञानेन्द्रको संबोधन आउने चर्चा आईरहेको बारेमा राखिएको जिज्ञासामा अध्यक्ष प्रचण्डले अगाडि भन्नुभयो – निर्बाचनमा माहौल अर्को बनाउने अभिप्रायले सकारात्मक सम्बोधन आउन लागेको हो भने एउटा कुरा तर नकारात्मक बक्तब्य आयो भने त झन राजा ज्ञानेन्द्रप्रति नेपाली जनताको झन घृणा जाग्ने छ जसले गर्दा राजा आफै पूरै बढारिएर जानेछन । राजाको बक्तब्य आईहाल्यो भने त्यो कस्तो खालको आउँछ त्यही अनुसार हाम्रो पनि संगसंगै आउने छ, उहांको कथन थियो ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/04/04/p271/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com