March 30, 2008

चीनको प्रायोजनका कुटनीतिज्ञ ल्हासामा

चीनको स्वशासित क्षेत्र तिब्बतमा दुइ साताअघि भएको प्रदर्शनमा बल प्रयोग गर्दा भएको धनजनको क्षतिबारे जानकारी लिन शुक्रबार विदेशी कुटनीतिज्ञको एक टोली ल्हासा पुगेको छ । यसअघि विहीबार पत्रकारको टोली पनि ल्हासा पुगेको थियो ।

कुटनीतिज्ञको टोलीमा अमेरिका, बेलायत, फ्रान्स, जापानलगायतका १५ मुलुकका कुटनीतिज्ञ ल्हासा पुगेका सम्बन्धित मुलुकहरुले जनाएका छन् । ‘चीनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायबाट गरिएका टेलिफोन कलहरु उठाएर ल्हासामा उक्त समुदायको पहुँच सहज बनाइनुपर्छ’ अस्टे्रलियाको दुतावासकी प्रवक्ता जानालिन ओहले भनिन् । ती कुटनीतिज्ञलाई दुइ दिनसम्म ल्हासामा रहन अनुमति दिइएको जापानी दूतावासले जनाएको छ । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता सिन म्याककोम्यार्कले तिब्बतमा कुटनीतिज्ञलाई प्रवेश गर्न दिने चिनियाँ कदमको स्वागत गरेका छन् । तर यतिले मात्र अन्तर्राष्ट्रिय समुदाय सन्तुष्ट नहुने उनले बताएका छन् । ‘यो सकारात्मक कदम हो तर ल्हासामा मात्र नभइ यसको आसपासका क्षेत्रमा पनि कुटनीतिज्ञहरुलाई प्रवेश गर्ने अनुमति दिइनुपर्छ’ उनले भने ।

कुटनीतिज्ञको भ्रमणबारे समाचार संकलन गर्न एजेन्सीलगायतका मुख्य एजेन्सीलाई अनुमति दिइएको छैन । बेइजिङले आफ्नो उद्देश्यपूर्तीका लागि मात्र कुटनीतिज्ञलाई सीमित क्षेत्रमा भ्रमण गर्न दिएको एजेन्सीको आरोप छ । सीमित संख्यामै भए पनि बिहीबार विदेशी सञ्चारकर्मीलाई ल्हासा पुर्याइएको थियो । पत्रकारसामु त्यहाँको जोखाङ गुम्बामा भिक्षुहरुले नाराबाजी गरेबाट चीनलाई अप्ठ्यारो परेको अनुमान लगाइएको छ । भिक्षुहरुले निर्वासित धाररमीक नेता दलाई लामालाई स्वदेश फर्कन दिइनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

मार्च १४ मा जोखाङ गुम्बामा भएको प्रदर्शन दबाउने क्रममा १८ जनाको ज्यान गएको सरकारले जनाएको छ । तर, निर्वासित तिब्बती सरकारले एक सय ४० जनाको मृत्यु भएको र थप एक हजारजना घाइते भएको दाबी गरेको छ ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/03/30/p257/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com