March 28, 2008

माओवादीले अन्य दलका वरिष्ठ नेताहरुको हत्या गर्दैछनः ओली

Filed under: अपराध

 

एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले माओवादीले राजनीतिक दलका वरिष्ठ नेताहरुको हत्या गर्ने योजना बनाएको खुलासा गर्नुभएको छ । झापा क्षेत्र नम्बर ७ बाट एमालेका उमेदवारसमेत रहनुभएका ओलीले आज साँझ झापाबाट राजधानी आएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै माओवादी नेताहरुले आफ्नो हत्या हुने हल्ला गर्दै अन्य दलका वरिष्ठ नेताहरुको हत्या गर्ने योजना बनाएको रिपोर्ट आफूले पाएको उल्लेख गर्नुभयो । माओवादी नेता तथा कार्यकर्ताले चैत २८ गतेसम्म आफ्नो हत्या गर्ने सार्वजनिक उद्घोष गरेको पनि ओलीले संचारकर्मीलाई बता उनुभयो ।

माओवादीले राजावादीसँग मिलेर राजतन्त्रको आयू लम्ब्याएको पनि ओलीको आरोप थियो । संचारकर्मीसँग ओलीले मंसीर ६ गते माओवादीले निर्वाचन सार्नु राजतन्त्र बचाउने षड्यन्त्रको अंग भएको उल्लेख गर्दै चैत २८ गते जसरी पनि संविधानसभा चुनाव गर्नुपर्ने बताउनुभयो ।

ओलीले माओवादी कुनै पनि हालमा चुनाव हुन नदिने मनस्थितिमा रहेको बताउनुहुँदै चैत २६ भन्दा अगाडि अज्ञात व्यक्तिको नामबाट माओवादीले नेपालका नेताहरुको हत्या गर्ने योजना बनाइरहेको आफूले सूचना पाएको बताउनुभयो ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/03/28/p254/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com