खाडीमा नेपाली चटपटे
शिवराज गौतम
दोहा, उमेरले झन्डै चार दशक काटिसकेको एउटा अनुहार ठूलो झोला संहालेर लाग्छ शुक्रबारे नेपाली चोक बिस्मिल्लातिर । खजुरको फेदैमुनि झोला बिसाएर हतपत ज्याकेट फुकालेर भुइ"मा राख्छ । तन्ना भुइ"मा बिछ्याएर झोलाभित्रका पोका झिक्न थाल्छ । उसिनेको आलु, भिजाएको चना, काटेको प्याज, भुजाका र खर्ुसानीको पोका, कगातीको झोल, मसला, ग्लास र चम्चाहरू…. अब उसको व्यापार सुरु हुन्छ ।उसको चटपट बिक्री हुन थाल्छ, प्रतिग्लास २ रियालमा । एक रियालमा आधा ग्लास यी चटपटे व्यवसायी हुन्, जगतबहादुर कार्की । जा"ते- २, मोरङ मूल घर भएका जगत पुल्चोकस्थित सिटिजन म्यानपावरबाट कतार छिरेका रहेछन् । अल कतारस्थित एक फेसन कम्पनीमा क्लिनरका रूपमा मासिक साढे पा"च सय कतारी रियालमा उनी काम गरिरहेका छन् । उनलाई कामप्रति कुनै गुनासो छै्रन तर समयमै तलब नदिने गरेकोमा भने केही गुनासो छ ।
छोरालाई बोर्डिङ पढाएर ठूलो मान्छे बनाउने सपनामा उनी यता आएका रहेछन् । तर खाडी उनले सोचेजस्तो रहेनछ । सपना पूरा गर्नै पनि थप केही न केही काम त गर्नैपर्यो । अरू दिन त कम्पनीकै काममा होइन्छ । साताको एक दिन शुक्रबारे बिदामा उनले पार्टटाइमका रूपमा चटपट बनाउन थालेका रहेछन् । सुरुका केही दिन त चिनेजानेका साथीभाइले उडाएर हैरानै पारेछन् । तैपनि उनले काम छाडेनन् । काम गरेर को सानो भएको छ र – चोर्नु पो हु"दैन ।
चटपटेबाट मात्रै सबै खर्च कटाएर सातामा असी रियालसम्म बच्ने रहेछ । यसबाट उनी खुसी देखिन्थे । एक त फर्ुसदको सदुपयोग, अर्कातर्फथोरतिनो आम्दानी !