अमेरिकी राष्ट्रपतिका प्रत्यासी ओवामाको जीवनी
बुबा कालो हुनुहन्थ्यो, तर आमा दूधजस्तै गोरी । तर, मेरा लागि कालो-गोरोको कुनै अर्थ थिएन । मेरो दिमागमा एउटै कुरा थियो- मेरा बुबा कतै हराएका छन् । आमाबाट सुनेका कथाले म बुबालाई खोज्न सक्दिनथेँ । र, बुबाले हामीलाई किन छाड्नुभएको थियो, त्यो पनि मलाई राम्ररी बताइएको थिएन । स दिन म न्युयोर्कको आफ्नो सानो अपार्टमेन्टमा बसिरहेको थिएँ । कोठाको भुइँ भिरालो थियो । केही महिनाअघि मात्र म २१ वर्ष पुगेको थिएँ । एउटा अपरिचित फोन आयो । फोन राम्ररी सुनिइरहेको थिएन । कसैले व्यग्र स्वरमा केही भनिरहेजस्तो लाग्थ्यो । ुबेरी रु बेरी, तिमी हौ रु म तिम्री काकी जेन, नैरोबीबाट । के तिमी मलाई सुनिरहेका छौ रु सुन बेरी, कार दुर्घटनामा परेर तिम्रा बुबाको मृत्यु भयो ।ु मैले यति मात्र सुन्न भ्याएँ, लाइन काटियो । म सोफामा थचक्क बसेँ । भान्साबाट प|mाई अन्डाको बास्ना आइरहेको थियो । मेरो कोठाको भित्ता चर्किएको थियो । मलाई त्यस दिन पर्खाल झन् चर्किएजस्तो लाग्यो । मैले केवल बुबालाई सम्झिएँ । र, आआफैलाई प्रश्न गरेँ- मैले के गुमाएँ ? अन्तिम अवस्थामा बुबा मेरा लागि ुमिथु जस्तो हुनुहुन्थ्यो । १९६३ उहाँले मेरी आमा र मलाई हवाईमा छोड्नुभएको थियो । त्यतिबेला म दुई वर्षको थिएँ । त्यसपछि उहाँ मेरो स्मृतिमा मामाघरको हजुरबुबा हजुरआमा र आमाले सुनाउने कथामा मात्र जीवित हुनुहुन्थ्यो । ती कथा पनि कहिलेकाहीँ मात्र दराजमा थन्काएका तस्बिरजस्तै खोज्दा मात्र सुन्न पाइन्थ्यो । क्रिस्मस गिफ्ट खोज्दा प्रायः बुबाका ब्ल्याक एन्ड ह्वाइट तस्बिर भेटिन्थे । बुबा कालो हुनुहन्थ्यो, तर आमा दूधजस्तै गोरी । तर, मेरा लागि कालो-गोरोको कुनै अर्थ थिएन । मेरो दिमागमा एउटै कुरा थियो- मेरा बुबा कतै हराएका छन् । आमाबाट सुनेका कथाले म बुबालाई खोज्न सक्दिनथेँ । र, बुबाले हामीलाई किन छाड्नुभएको थियो, त्यो पनि मलाई राम्ररी बताइएको थिएन । मेरो बुबा-आमाको बिहे सन् १९६० मा भएको थियो । काला र गोराको बिहेलाई त्यसबेलाको आधी अमेरिकामा अपराधै मानिन्थ्यो । मेरा काले बाले गोरी आमालाई प्रेम गरेको थाहा पाएका भए, बालाई रूखमा झुन्डयाइने सम्भावना हुन्थ्यो । यदि मेरी आमाको गर्भमा एउटा कालो पुरुषको बच्चा छ भन्ने थाहा भएको भए, मानिसले उहाँसँग यस्तो व्यवहार गर्ने थिए, कि आमासँग गर्भपतनबाहेक कुनै विकल्प हुने थिएन । म दस वर्षको हुदा एकपटक बुबा क्रिस्मसमा अमेरिका आउनुभएको थियो । एक सातासम्म बुबालाई प्रत्यक्ष्ा देखे पनि मलाई उहाँको मेरो मनमा रहेको पुरानै छवि बढी प्यारो लाग्यो । यसमा म मन लागेअनुसार परिवर्तन गर्न सक्थेँ । आमाजस्तै बुबाले पनि पुनः बिहे गर्नुभएको थियो । अर्की आमापट्टकि पाँच छोरा र एक छोरी केन्यामा छन् । बुबा र म सँगै भएको जम्मा एउटा तस्बिर मात्र मसँग छ । त्यस फोटामा क्रिस्मस रूखअगाडि बुबाले मलाई सुन्तला रङको बास्केटबल उपहार दिनुभएको छ । त्यसपछि मात्र आमाले बिस्तारै बुबासँग छुट्टनिुको कारण बताउन थाल्नुभयो । एकदिन आमाले भन्नुभयो- तिम्रो बुबाले हामीलाई छाड्नुमा उनको कुनै गल्ती छैन । मैले नै उनलाई डिभोर्स दिएँ । हाम्रो बिहे हँदा नै तिम्रा हजुरबुबा र हजुरआमा खुसी हुनुहुन्नथ्यो । उहाँहरू कालो परिवारमा गोरी बुहारी चाहनुहुन्नथ्यो । पछि मात्र उहाँहरू सकारात्मक हुनुभयो । तिम्रा हजुरबुबा हुसेनले तिम्रो बुबालाई केन्याबाट लामो चिढी पठाउनुभयो । त्यसमा लेखिएको थियो- म यो बिहे स्विकार्दिनँ । गोरी महिलाको रगतबाट ओवामा परिवारलाई घृणित बनाउन चाहँदिनँ । अनि, आमाले मलाई आपmनो प्रेमका बारेमा पनि केही बताउनुभयो । डेटिङमा तिम्रा बुबा सधैं ढिलो आउँथे । पहिलो डेटिङमै उनी एक घन्टा ढिलो थिए । त्यस दिन असाध्यै राम्रो थियो । उनले मलाई लाइबे्ररीको गेटमा एक बजे आइपुग्न भनेका थिए । तर, कुर्दाकुर्दै म त बेन्चमै निदाएछु । एक घन्टापछि बल्ल उनी आए त्यो पनि साथीभाइसँग गफ गर्दै । तिमीहरूले देख्यौ केटा हो, मैले तिमीहरूलाई भनेको थिएँ नि, उनी सुशील केटी हुन् र उनले मलाई कुर्छिन्, ढिलो आएकामा क्षमा माग्नुको सट्टा उनी यस्तो भनिरहेका थिए ।
Eehehehe Dammi….Superb!
Comment by suman — March 3, 2008 @ 7:52 am