February 11, 2008

७ महिनादेखि गायब मेलिना

बेलाबखत ओंठ निचोर्‍यो भने दूध आउने कलिला तरुनी केटीहरुको नाङगो फोटो खिच्ने सेक्सी फोटोग्राफर राजिव श्रेष्ठको प्रेम चर्चा, कहिले निर्देशक महेन्द्र बुढाथोकीसंग बिहे हुने चर्चा अथवा अरुभन्दा पनि मायाप्रेम र बिहेवारीको झिनामसिना हल्लाले बारम्बार चर्चा पाउने स्लिम सुन्दरी नायिका मेलिना मानन्धर अहिले नेपाली चलचित्र उद्योगबाट लगभग गायब जस्तै अवस्थामा पुगेकी छिन् ।

नाङगो शरीर देखाएर फोटो खिच्दा होस वा चलचित्र असफल भएर होस् वा बेमौसमको बिहेको हल्लाले मिडियामा चर्चा हुने मेलिना ७ महिनादेखि बेपत्ता हुँदा अहिले कसैबाट खोजीनीति छैन । उनी उद्योगबाट सम्पर्कबिहिन भएपछि न त मिडियाले खोजीनीति गर्‍यो न त उद्योगले नै । ठूलो पर्दामा असफल भएपछि आफ्नै टेलिचलचित्र करुणाबाट निर्मात्री बनेकी मेलिनाले यो संगसंगै एलसीडी चलचित्र ज्वालामुखी पनि निर्माण गरेकी थिईन् करुणाकै निर्देशक महेन्द्र बुढाथोकीसंग मिलेर । ज्वालामुखिको निर्देशक बुढाथोकीसंग बिहे हुने हल्लाले एकताका कलिउड ताते पनि निर्देशक बुढाथोकीले अर्कैसंग बिहे गरेपछि उनले पनि जापानमा बस्ने चलचित्रको सानातिना भूमिकामा नाच्ने, खेल्ने एक युवकसंग बिहे गरेको हल्ला चलेको थियो यद्यपि उनले यसको खण्डन गरेकी थिईन् ।
त्यसपछि यति सानो सुन्दर मुलुकमा रहेकी सुन्दरी नायिका हराएको अहिले सात महिना बितिसक्यो । तर खोजी कसैले गर्न सकेन । अहिले मेलिनासंगै कलीउडमा चर्चा पाएका अनुहार निरुत्ता सिंह, सञ्चिता लुइटेल, सज्जा मैनाली, बिपना थापा, झरना बज्राचार्य, प्रिया रिजाललगाउत आधा दर्जन नायिका गायब भएका छन् चलचित्र पर्दाबाट । यि नायिका यतिबेला कलिउड नगरीलाई न्यास्रो र सुनसान बनाएर कहाँ के गरेर बसेका होलान् बिचरा कसैलाई अत्तोपत्तो छैन न त खोजीको बिषय बनेको छ ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/02/11/p188/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com