रहौंला हामी नेपाली कहां नेपालै नरहे
केपी ढुंगाना एकै छिनमा एक बालीका आइपुगिन । जसको हातमा भारतको राष्ट्रिय झण्डा तिरंगा थियो । एं यो त भारतिय स्वतन्त्रता दिवसको अवसरको इस्पेशल कार्यक्रम रहेछ । विस्तारै उनी मन्चमा आइन र गाउन थालीन बन्दे मातरम । मेरो शरिर सिरिंग भयो । कांचको पर्दामा देखिएकाहरु सबै देशभक्तिपुर्ण भावमा रमिएरहेका थिए झुमिरहेका थिए । मान्छेलाइ कुनै अप्रत्यासित विषय या वस्तुसंग २ कारण माया लाग्छ रे । पहिलो कारण गुमाइसकेपछि । अनी दोस्रो कारण गुमाउने डर लागेपछि । मैले मधेस गुमाइसकेको त छैन । अहिलेपनि त्यो नेपालको सिमांकन भित्रै छ । भनेपछि के ममा अब मधेस गुमाउने भय पलाएको हो त ? कोल्टे फेर्छु । अनायसै फेरी लामो सास निस्कन्छ मुखवाट । कता कता कस्तो नमिठो लागेर आउंछ । मेरो खाटको सिमाना खुम्चिए झै लाग्छ । देशका सिमाना विविध कारणले टुक्रिएका छन । सबैको के बेलिविस्तार लगाउन सकिन्छ र । भारतकै कुरा गर्ने हो भने पाकिस्तान बनेर टुक्रियो त्यो । कारण थियो धर्मको । पाकिस्तान पनि के संग्लो रहृयो र बंगलादेश बनेर गयो त्यो पनि । कारण थियो जातको । तर भारतियहरुले अहिले पनि पाकिस्तान र बंगलादेशलाइ मेरो भुमि हैन भन्न सकिरहेका छैनन । हरेक वर्ष मनाइने स्वतन्त्रता दिवसका दिन सबैले सम्झन्छन त्यो एकिकृत भारत । अहिले त मधेस मेरै छ । २ पटक छोएपनि १ रात कटाएपनि मधेस मेरो पनि हो नी । एक्कासि कोही हांसेको आवाज सुन्छु । अट्टाहास हांसो । कता कता त्यो हास्ने अनुहार कहिले सोनिया गान्धीको जस्तो देख्छु त कहिले मनमोहन सिंहको जस्तो लाग्छ । कहिले लालकृष्ण आडवाणि बन्छ त्यो मुहार त कहिले बाल ठाकरे जस्तो । हैन,हैन ल फेरी अनुहार फेरीयो । लौ अब त्यो हास्ने अनुहार त जयकुष्ण गोइतको जस्तो पो छ । ल फेरी बदलियो । लौ ज्वालासिंह,हैन हैन राजेन्द्र महतो, ए हैन उपेन्द्र यादव ।
कांचको त्यो अर्थहिन पर्दामा चार कोणे तिरंगा नाचिरहेको छ । तर मेरो आंखाका मेरो रातो र चन्द्र सुर्य अंकित झण्डा कतै जलिरहेको दृष्य पो आउंछ । बन्दे मातरम हैन, कतै गुन्जिरहेको मलिन स्वर सुनियो । जसले भनिरहेको झै लाग्यो- रहौंला हामी नेपाली कहां नेपालै नरहे ।
विस्तारै मेरो कानमा पनि अर्कै धुन बज्न थाल्यो त्यसले भनिरहेको थियो संयौ थुंगा फुलका हामी एउटै माला नेपाली । झसंग भए म । हैन संयौ थुंगा हैन । अनायसै शब्द फुत्कीए । थाहा छैन किन ।
सायद आज दिनभर मधेसमा देखिएका दृष्यले मेरो मष्तीस्क खलबलिएको हुनसक्छ । त्यसैले मनले नेपालीलाइ सयौं थुंगा भनिरहेको भएपनि मस्तीष्कले भरिहेको थियो हैन तेरा धेरै फुलहरु चुंडिदैछन । त्यसैले तेरो यो लोकतन्त्र आएपछिको राष्ट्रीय गान पनि काम छैन ।
संविधान सभाको तयारीका लागि सात दल अहिले मधेसमा पुगेका छन । तर, उनीहरुको स्वागत फुलमालाले हैन काला कपडा र बमको नमिठो गन्धले गरिएको छ । मुर्दावादको नारा घन्कीएको छ । जिल्ला बन्द छ । मधेस र मधेसी जनताको अधिकारका लागि बन्दुक उठाएको दावी गर्नेहरु भनिरहेका छन पहिला अधिकार दे अनि भाषण गर्न आइज । सात दलका नेता भनिरहेका थिए संविधान सभा तपाई हाम्रो सबैको अधिकार दिने स्थान हो । उनीहरु प्रतिउत्तर फर्काइरहेका छन हैन यो पहाडियाहरुको भ्रम हो, हामीलाइ अधिकार दे । कस्तो अधिकार त - स्वतन्त्र मधेसको जहां आउन नाक चुच्चे पहाडिया र बक्खु लगाउने हिमालीहरुले भिसा लिनु परोस् ।
झसंग हुन्छु । फेरी कल्पनावाट धरातलमा आउंछु । कांचको पर्दामा छोटे उस्ताद निरन्तर छ अझै । बोलि फेरीएछ अनी पात्र पनि घन्कीरहेको थियो ए मेरे बतनके लागो । उफ लामो सास फेर्छु । कता कता मधेसको याद आउंछ । माया लाग्छ मधेसको चौपट । आफैं अचम्मीत पनि हुन्छु, किन माया लागेको होला यस्तो विछट्टै । कारण के होला - २७ वर्षमा २ पटक छोएको छु त्यो मधेसको माटो । एक रात विताएको छु त्यसको छातीमा । म जन्मेको, हुर्केको पहाडमै त हो । यो पहाडको पो माया लाग्नुपर्ने । किन माया लाग्यो मधेसको ?