प्रचण्डलाई भोट दिन्छु: रामराजा प्रसाद सिंह
तपाई त पहिल्यैदेखि चर्को गणतन्त्रवादी । पञ्चायतकालदेखि नै गणतन्त्रको नारालाई व्यापक रुपमा उचाल्नु भयो । अहिले नेपालमा गणतन्त्र आइसक्या छ जस्तो लाग्छ ? भनेपछि अब गणतन्त्र रोकिनेवाला छैन ? अब त समयको कुनै छालले पनि गणतन्त्र रोक्न सक्दैन । यो पर्ुण्ारुपमा आइसकेको त छैन । तर यो हाम्रो असाध्यै नजिक आइसकेको छ । गणतन्त्रको कुरा तपाइले उबेलादेखि नै गर्नुभयो । तर अहिले त माओवादी लगायतले गणतन्त्र नेपालको प्रथम राष्ट्रपति प्रचण्डलाई बनाउनु पर्छ भनिरहेका छन् नि ? प्रचण्डजी राष्ट्रपति बन्दै हुनुहुन्छ भने राम्रो । यदि राष्ट्रपतिको निर्वाचन हुँदैछ र उहाँ लड्दै हुनुहुन्छ भने म उहाँलाई भोट दिन्छु । भनेपछि तपाईको समर्थन प्रचण्डलाई छ ? र्समर्थन त नभनौं । भोटरका रुपमा म भोट दिन्छु । तर त्यसबेला अरु को को हुन्छन् भनेर त्यसलाई पनि नजरमा राख्छु । मुलुककै जीवनमा पहिलो पटक हुन लागेको संविधानसभा निर्वाचनमा तपाईको भूमिका के हुन्छ ? अहिले तराइतिरबाट संविधानसभा निर्वाचन हुन नदिने खेल भइरहेका छ । होइन ? संविधानसभा निर्वाचन हुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ ? संविधानसभा निर्वाचन हुँदैन भने अब यो राष्ट्रमा केही हुँदैन । भनेपछि यो अन्तिम मौका हो ? हो । अब राष्ट्रले चेत्नुपर्छ । संविधानसभा निर्वाचन आफैमा आन्दोलन हो । तर त्यसअघि राष्ट्रपतिको निर्वाचन हुनर्ुपर्छ । अझै पनि संविधानसभा निर्वाचनको लागि तयारी गर्न बाँकी छ । प्रस्तुति- अशोक सिलवाल
२०४२ सालताका म भर्खर नर्सरी कक्षामा पढ्ने उमेरको थिएँ । त्यतिबेला राजनीतिको
‘र’ बारे न कुनै चाँसो थियो न कुनै जानकारी नै । तर पनि फाट्टफुट्ट रुपमा ‘रामराजाप्रसाद सिंह’, ‘सत्याग्रह’, ‘सिंहदरबार बमकाण्ड’ सुने जस्तो लाग्छ । त्यसताका र त्यसअघिका चर्चित पात्र हुन् रामराजाप्रसाद सिंह । नेपालमा गणतन्त्रका सुत्रधार मानिने सिंह रहस्य, विवाद, आलोचना र प्रसंशाका सेरोफेरोमै छन् । उमेरको रौनकता छैन तर पनि राजनीतिक तयारी र जोश छ । मान्छेहरुसंगको निरन्तर भेट, राजनीतिक बहस र यस्ता थुप्रै गतिविधिमा सक्रिय छन् । उनै रोमाञ्चक पात्रसंग पछिल्लो राजनीतिक विकासक्रमबारे छोटो कुराकानी ।