February 2, 2008

बत्ती गएको बेला कसरी टाइम पास गर्ने?

३-३ घण्टा सांझमा बत्ती जादा त टाइम पास गर्न बडा मुस्किल हुने रैछ। अब अरु के गर्ने २-३ घर जम्मा भयो आगो ताप्यो अनी गफियो। हुन पनि बत्ती हुन्जेल कसैलाई हाइ हेल्लो गर्ने समेत फुर्सद थिएन। अब लोड्सेडिङले गर्दा साझमा जम्मा भएर गफ हाँक्न मौका पाइएको छ।

उही पोल्टिक्सका कुरा नेताहरु निकम्मा, केही कामका भएनन्, संसदमा गएर सबैलाइ भट्ट्ट्ट् पार्न पर्ने । होइन परार साल पनि लोडसेडिङ भएको थियो एक्कासी ज्ञानेन्द्रको सरकार आएपछी बत्ती बलेको थियो। चाह्यो भने त जसरी पनि बल्दो रैछ नि है? भन्दै एकजना फतफताइ रहेका थिए । त्यसमै अर्की दिदी थप्नु हुन्छ हो! बा! मलाई त गणतन्त्र, राजतन्त्र, लोकतन्त्र जुनसुकै तन्त्र आए पनि आवोस बत्ती बोल्न पर्‍यो, धारामा पानी आउन पर्‍यो र शान्ती सँग बस्न पाइयोस। अरु कुरा मतलब छैन।

कोही भन्दै थिए दिउसो बत्ती गएर हाइ सन्चो छ रे अफिसमा काम थप्प हुन्छ गर्ल्फ्रेन्ड लाई भेट्न गजब भएको छ रे। फेरी अर्काको गफ थियो भारतसँग प्रती युनिट ८ रुपैयामा बिजुली किन्ने रे, अहिले हामीले प्रती युनिट ७ रुपैया ३० पैसा तिरि राखेका छौ अब भारत सँग ८ मा किनेर कत्तीमा बेच्ने हुन्। हा… हा.. हासोको फोहोरा उठ्छ।

यसै गरेर गफिदा गफिदा ९ पनि बज्छ र बत्ती पनि आउछ। मुलुकलाई उभो लाउन थप उर्जा चहिएको बेला आजकालका युवाहरु गफिएरै आफ्नो पनि उर्जा र समय फ्याकि रहेका थिए। http://archanashrestha.blogspot.com/

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/02/02/p181/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com