टुप्पी, म र सीपी
उच्च शिक्षा अध्ययनका लागि भारतको मुम्वइ रहेको सुरेश मेरो भाइ भन्दा वढि मित्र हो । घर छिमेकमै रहेको कारणले मात्र नभइ पि्रय व्यवहारको कारणले मेरो मुटुको नजिक रहने मित्र हो सुरेश । भाइ भन्दा निकटको मित्रताको संम्वन्धमा सुरेशलाइ सामेल गराउन पाउदा क्षण वखतमा म रोमान्चित पनि हुने गर्दछु । मैले माया गरेर टुप्पी भनी वोलाउदापनि अनुप दाइ यार भनेर मसक्क मस्किने मान्छे हो सुरेश । मेरा मित्रहरुको सुची लामो नभएपनि त्यससुचिको अगाडी नै आइ पुग्ने नाम हो सुरेश ।
मेरो भविष्य र वर्तमानप्रति चिन्ता र चासो राख्ने भएर मात्र नभइ मेरो स्वभावलाइ साच्चिकै चिन्न सक्ने भएकालेपनि सुरेश मेरो मुटुको टुक्रा जस्तो मित्र हो । कुनै सम्वन्धहरु औपचारिकताका लागिमात्र हुन्छन त कुनै वाध्यात्मक । सुरेशसंगको मेरो संवन्ध यो भन्दा विल्कुल फरक छ र रहनेछ । टाढा भएपनि, खल्तिमा पैसा नभएपनि मलाइ फोन गरेर होस या मेल गरेर मायाले गाली गरर्ने त्यही टुप्पीको नोष्टाल्जियाले सताउदा आजको व्लग उसकालागि लेख्दैछु । तस्विरमा देखिएको चस्मावाल पात्र हो सुरेश । गतवर्षको वर्षा याममा विर्घाको भन्जिङमा वसेर सीपी तान्दै गर्दाको फोटो हो यो । यसमा संगै वसेको अर्को मेरो मित्र हो धर्म ।
हल्का वर्षामा घरवाट निस्कएर आलमदेविको दरश्नपछि हामी वैघा भन्ज्याङ हुदै भन्जिङ आइपुगेका थियौ । केटाहरुले निडर वनेर भन्जिङमा सीपी मात्र तानेनन अरुपनि भ्याए । रमिते जो म न परे । विगतका एल्वम पल्टाउदा मेरा आंखा यसै फोटोमा गएर रोकिए यसभिन्दा अगाडी न त एल्वम नै पल्टियो न त मैले सुरेश वाहेक केही लेख्न नै सके । यही नोष्टाल्जिक झोकमा कनी कुथी सुरेश संझन पांउदा म केही भावुक त केही उदाश वनेको छु । पछिल्लो सम्पर्कमा गम्भिर प्रेमीको चरित्र देखाएको सुरशेले यसपछि मसंग यस विषयमा केही खोलेन ।
दाइ संगै वसेर कहिले सीपी तान्ने होला भन्ने सुरेशको मेल पाएपछि मैले कट्टी छतमा मध्यरातसम्म वसेर दुनीयाका अनेक कुरा गरेको झल्यास्स संझिए । गएको हप्ता उसले मलाइ एउटा मेलमा फोटो एट्याच गरेर पठायो । टेक्स्टमा लेखिएको थियो दाइ यो फोटो कस्तो लाग्यो । मैले यो फोटोसंगै तिम्रंो फोटो हुदा अझ सुन्दर लाग्छ भनरे लेखेकेा मेल रिसिभ नगर्दै उ अलि निरासामा परेको पाए । यो माया गर्ने पेशै दुःख पाउने हो धन्दा नगर भनेर संझाउदा दाइ आइ मिस यु एभ्री टाइम भन्ने त्यही सुरेशमा आजको संझना ।
k ho sir smoking is injurious to health bhanne thaha chhaina?
Comment by gopal dulal — February 12, 2008 @ 2:47 am