
यिनी जीवनलाई क्लोजअपमा हेन चाहँदैनन् । ‘नजिकबाट हेर्दा बढी दुःख देखिन्छन्, जीवनलाई जहिल्यै वाइड सटमा हेर्नुपर्छ । टाढाबाट हेदा दुःखमा पनि सुख देखिन सक्छ,’ देशका सबैभन्दा चर्चित विद्यार्थी नेता गगन थापाको सुखी जीवनको सूत्र हो यो । तर, यिनकी हुनेवाली श्रीमतीले जीवनलाई कुन एंगलबाट हेर्लिन् ? हुनेवालीका विषयमा गगनका अपेक्षा के-के छन्, उनी कस्ती श्रीमती चाहन्छन् ?
‘मेरो सुखी जीवनको सूत्रलाई बुभmने, घरमा अँध्यारो बढ्दै जाँदा, अन्धकारलाई गाली गर्नुको साटो मैनबत्ती जलाउने खालकी हुनुपर्छ,’ भावी दुलहीका लागि उनले तोकेको ‘क्राइटेरिया’ हो यो । यसबाहेक सौर्न्दर्यका दृष्टिले यी कस्ती केटी मन पराउँछन् ? ‘पातली नै राम्रो हुन्छ जस्तो लाग्छ,’ उनले भने । रंगको सवालमा भने उनले आफूजस्तै रोजे- ‘मलाई गोरीभन्दा कालो वर्णकी नै राम्री लाग्छन् ।’ यसको कारण पनि छ? ‘धेरै गोरी श्रीमती भइन् भने म बढी नै कालो देखिने संभावना हुन्छ, परिवारको रंगको सन्तुलनका लागि पनि हल्का काली नै ठीक होलाजस्तो लाग्छ,’ उनले भने ।
‘म संसारलाई ढाँट्न सकुँला तर राति ओछ्यानमा सुत्दा म आपै+mलाई ढाँट्न सक्दिनँ । र, भोलि ओछ्यानको अर्कोपट्ट सुत्नेलाई पनि ढाँट्न नपरोस्, पर्यो भने जीवन बर्बाद हुन्छ,’ यो उनको सुखी जीवनकै एउटा दर्शन हो । संसारमा सबैभन्दा बढी जोक र भनाइ वैवाहिक जीवनका विषयमा हिट छन् । जसमा एउटा यस्तो छ- ‘विवाहको औंठी संसारको सबैभन्दा सानो हत्कडी हो ।’ श्रीमतीलाई औंठी उपहार दिने योजनामा रहेका गगन यस भनाइलाई रमाइलो त मान्छन् तर ठीक भन्दैनन् । ‘विवाहले दुइ जनाको एउटा समुदाय बनाउँछ, जसमा एउटा ‘मास्टर’ र अर्को ‘मिस्ट्रेस’ हुन्छन् र दुवै एक-अर्काका दास पनि हुन्छन्,’ उनी विवाहोत्तर जीवनका विषयमा आशावादी दर्शन पालेर बसेका छन् । ‘विवाहले जीवनमा धेरै दायित्व र केही पीडा पनि थप्ला तर मलाई ब्रह्मचर्यको आनन्दभन्दा विवाहको पीडा नै मीठो होलाजस्तो लाग्छ,’ उनी भन्छन् । बिहेपछि उनलाई जीवन अलि व्यवस्थित होला कि भन्ने लाग्छ ।
गगनले आपmनी हुनेवालीका लागि कुनै जात, धर्म वा क्षेत्र छुट्टयाएका छैनन् । कामका हिसाबले पनि कुनै रोजाइ छैन । ‘अर्को कुनै क्ष्ँेत्रकी भए बढी राम्रो होला,’ उनको प्राथमिकतामा आफूजस्ता राजनीतिक कार्यकर्ताले खास महत्त्व पाएको नदेखेपछि सोधियो- ‘राजनीति गर्ने नै परे भने नि †’ उनले भने- ‘राजनीतिमा संलग्नसँगै भयो भने त्यो आपmनोभन्दा अरू पार्टीको भइदिए राम्रो ।’ यस्तो भयो भने, दिनरात घरझगडा नहोला त ? ‘आपmनै पार्टीको हुँाचाहिँ यो खतरा बढी हुन्छ, तपाईंलाई थाहा छैन, राजनीतिको नसा र महत्त्वाकांक्षा त भयंकर हुन्छ नि,’ उनले भने । यसमा उनको निजी अनुभव पनि मिसिएको छ कि !
गगन बिहेको मुडमा छन्, केवल समय फिक्स छैन । यिनको बिहेका लागि कुन दिन जुर्ला – कुन ठाउँबाट कसरी बिहे गर्ने मन छ यिनको – बिहेमा यिनले कस्तो लुगा लगाउनलान् र श्रीमतीले कस्तो लगाऊन् भन्ने चाहलान् ? यस्ता प्रश्नको एउटा गुन्टा मैले यिनका अघि बिसाएँ । उनी जवाफ दिन थाले । ‘बिहे घरबाटै गर्ने, बाजा बजाएर,’ राजनीतिमा क्रान्तिकारी छवि भए पनि बाजा बजाएर बिहे गर्ने परिवारको इच्छाको उनी विरोध गर्दैनन् । बिहेमा थोरै नजिकका साथीलाई बोलाएर मस्तले नचाउने उनको योजना छ । यस्ता साथीको सूचीमा को-को पर्लान् थाहा छैन । तर, एउटा नाम भने अहिले नै पक्का छ- ‘खगेन्द्र संग्रौला ।’ ‘खगेन्द्रदाइलाई जबर्जस्ती भए पनि मेरो बिहेमा नचाउनेछु,’ उनले भने । बिहेर्-खर्चका विषयमा पनि उनले योजना बनाइसकेका छन्- ‘धेरै खर्च गर्ने विचार छैन,’ बिहे-खर्च हजुरआमाका नाममा पाटन अस्पतालको आइसियुमा आउने बिरामीका लागि दिने उनको निर्ण्र्ाापरिवारले स्वीकृत गरिसकेको छ ।
गगन दाइजोविरोधी हुन्, हुनेवालीसँग उनको कुनै माग हुनेछैन । तर, एउटा मात्र दाइजो माग्न दिइयो भने यिनले के माग्लान् ? ‘एउटा लुगा राख्ने दराज । मेरो घरको अलि सानो भएको छ ।’ ल, यिनका ससुराबा सस्तोमै उम्किने भए † बिहेमा बकाइदा ठाँटिएर दुलाहाको लुगामा सजिने उनको धोको छ । र, श्रीमतीले पनि खुलेर शृंगार गरून् भन्ने चाहना छ । बिहेमा दुलहीहरू त्यसै पनि राम्री देखिन्छन् । गगनको चाहना भने आपmनी श्रीमती सबैभन्दा राम्री देखियून् भन्ने छ । र, साथमा दुलहीलाई नरोइदिने आग्रह पनि छ । यिनलाई श्रीमती रोएकी देखेर आफू पनि रुन्छु भन्ने डर छ कि !
बिहे कहाँ गर्ने, कसरी गर्ने र दाइजो के ल्याउनेसम्म फिक्स भए पनि उनले दुइ मुख्य कुरा अझै तय गर्न सकेका छैनन्- जुन दुइबिना बाँकी अरू तयारीको कुनै अर्थ हुँदैन । बिहेको मिति र केटी । ३१ वर्षमा गगनलाई बिहेको कुनै ठीक समय हुन्छ भन्ने लाग्दैन । ‘एउटा उमेरसम्म बेला भएको छैनजस्तो लाग्छ, त्यसपछि अचानक उमेर त गइसक्यो जस्तो लाग्छ,’ उनी भन्छन् । त, उनले विवाह कहिले गर्लान् ? ‘यस प्रश्नको उत्तर त गिरिजाबाबु र प्रचण्डले मात्र दिनसक्छन् ।’ के यिनले गगनको लमीको जिम्मा पाएका हुन् – ‘होइन, मैले त संविधानसभाको चुनाव नभई बिहे गर्दिनँ भनेको छु, चुनाव कहिले हुन्छ यो उहाँहरूले मात्र बताउन सक्नुहुन्छ,’ उनले प्रस्टीकरण दिए । गगनको यो र्सार्वजनिक घोषणा हो । र, उनले जति ठाउँमा यो घोषणा सुनाएका छन्, कसैले हाँसेर त कसैले सुटुक्क भन्ने गरेका छन्- ‘त्यसो भए, त्रि्रो बिहे नहुने भयो ?’
‘कहिलेकाहीँ मलाई पनि यस्तै लाग्छ । अत्यास पनि लाग्छ । तर, संविधानसभाको चुनाव हुनेछ र गणतान्त्रिक नेपालमा मेरो बिहे हुनेछ भन्नेमा म ढुक्क छु,’ उनी दृढ छन् । नभएर पनि त भएन ? ‘यस कारण पनि मलाई संविधानसभाको चुनाव बढी चाहिएको छ,’ राष्ट्रलाई संविधानसभा किन चाहिएको छ भन्ने आवश्यकताहरूको लामो सूचीमा थप अर्को बुँदा थपे हुने भयो- ‘बिहे गर्न ।’
बिहे गर्न सकिनेहरूको उनले र्सटलिस्ट गरिसकेका छन् । यस लिस्टमा अब केवल एउटा नाम बाँकी छ । जो बताउन उनी तयार छैनन् । यी काठमाडौंकी हुन्, जो अहिले विदेशमा पढ्दै छिन् । राजनीतिभन्दा बाहिरकी यी गगनकी साथी हुन्, केही समयअघिदेखि ‘हल्का अफेयर’ पनि छ । तर, गगनसँग बिहे गर्न यिनले पनि गणतन्त्रको बाटो कुर्लिन् – कि कुनै अर्कै र्’र्सटकट’ समाउलिन् – ‘यो अन्तिम निर्णय होइन, केवल संभावनाको कुरा हो । उनीसँग पनि जीवनका सूत्रका विषयमा कुरा हुन बाँकी नै छ,’ मतलव अरूका लागि पनि ढोका बन्द छैन ।
हनिमुनमा यिनलाई मध्यपश्चिमको कुनै जिल्लाको गाउँतिर जाने मन छ । (अब पोखराका दिन गएका हुन् ?) रोल्पा रुकुमतिरको कुनै गाउँ, बिजुली नपुगेको भए पनि उनलाई फरक पर्दैन । ‘कस्तो भने, हनिमुन जोडी भनेर चाहिँ मान्छेले चिनून् तर मलाई चाहिँ नचिनून्,’ उनको ‘रोमान्टिक’ इच्छा छ ।
यिनलाई अहिलेसम्म कतिले विवाहको प्रस्ताव राखे होलान् – वा अहिलेसम्म बिहे प्रस्तावको ‘इन-बक्स’ मा एउटै म्यासेज आइपुगेको छैन ? ‘अहिलेसम्म ६ जनाले प्रस्ताव गरे,’ यिनमा एक राजनीतिक कार्यकर्ता, तीन कलेज पढ्दाताकाका विद्यार्थी सामेल थिए । ‘तर, यी कोहीस“ग पनि मेरो सुखी जीवनको सूत्र मिलेन,’ उनले भने । उनी एक जीवनमा एउटा प्रेम भन्ने हिन्दी फिल्मको सूत्रमा विश्वास गर्दैनन् । यसैले उनले धेरैसँग प्रेम गरे । तीनवटा प्रेम त उनले हाम्राअघि गणना गरे, नभनेका अरू पनि थिए कि ? यी प्रेमिकामध्ये कतिलाई बिहेको प्रस्ताव गरे- ‘प्रेम गरेकीमध्ये एउटीलाई मैले प्रस्ताव गरँे र त्यो स्वीकार पनि भयो । तर, बिहे गर्ने भएपछि सम्बन्धलाई अर्को चस्माले हेरियो र फिट नहुने देखियो ।’ बिहे गर्ने प्रस्ताव त गगनको थियो, नगर्ने निर्ण्र्ाााहिँ कसले सुनायो – ‘कसैले पनि सुनाउनै परेन । परिस्थितिअनुसार दुवैले केही नभनीकनै बुभmयौं,’ उनले भने ।
एकजना गैरराजनीतिक युवतीसँग पनि यिनको बिहेको कुरा अघि बढेको थियो । ‘सबै कुरा मिल्लाजस्तै थियो तर तिनले राजनीतिक जीवन पनपर्दैन भनेपछि कुरा सकियो,’ उनले असफल किस्साको फेहरिस्त नै पेस गरे । ‘म देश र जनताको राजनीतिमा लागेको मान्छे, मेरो साथी मेरो उद्देश्यमा सघाउने खालको हुनुपर्छ,’ उनको आदर्श यहाँनेर आइपुगेर छल्कियो । प्रेम गरेकासँग बिहे नै गर्नुपर्छ भन्ने लाग्दैन तर बिहे गर्नेसँग प्रेम हुनुपर्छ भन्ने चाहिँ उनको कडा मान्यता छ । ‘प्रेम गर्न आ“खामा हेरे पुग्छ तर बिहे गर्न दुवैले फर्किएर एउटै दिशामा हेर्ने हुनुपर्छ,’ गजब छ !
संसारमा उनले देखेकामध्ये सबैभन्दा मिलेको जोडी आपmनै माता-पिताको हो । राजनीति गर्नेमा चाहिँ उनलाई नरहरि आचार्य-शारदा शर्माको जोडी सबैभन्दा मिलेको लाग्छ । यस्ता जोडी उनले फिल्ममा पनि नदेखेका होइनन् । ‘कभी खुसी कभी गम’ को शाहरूख र काजोलको जोडी मलाई सारै मनपरेको जोडी हो,’ हरेक हप्ता हलमा पुगेर फिल्म हर्ेर्ने ‘फिल्मी गगन’ ले भने । उनी कुनै बेला प्रीति जिन्टाका पmयान थिए, अहिले आयशा टाकिया मन पर्छिन् । ‘प्रीति जिन्टा अलि बूढी हुन थालिन्,’ गगनको उमेरचाहिँ नबढेर पाँच वर्षअघि नै रोकिएको थियो कि ?
उनका अधिकांश साथीले विवाह गरिसके । साथीको मात्र के कुरा गएको वैशाखमा उनका कान्छो भाइको पनि बिहे भइसक्यो, जो उनीभन्दा चार वर्ष कान्छा छन् । भाइको बिहेमा स्वागतका लागि गेटमा बसेका गगनको कामचाहिँ स्वागत गर्नेभन्दा बढी आगन्तुकलाई जवाफ दिने रह्यो । कुनैबेला यिनको मनमा एउटा फेन्टासी थियो । ‘बिहेको मण्डपबाट प्रेमिकालाई उठाउने’ यो खतरनाक फेन्टासी केही वर्षअघि एकदिन झन्डै पूरा भएको थियो । ‘साथीहरूको हुल लिएर जाने भन्ने फेन्टासी थियो तर त्यो योजना बन्दा-बन्दै तुहियो,’ अहिले सम्भिmँदा उनी चैनको सास फेछन् । यदि यिनकै बिहेमा कसैले यस्तै योजना बनायो भने गगन के गर्दा हुन्- ‘योजना त बनोस् तर त्यो पनि बीचमै तुहियोस्,’ त्यस्तो भएन र एक हुल युवा मण्डपमै आइपुगे भने ! राजनीति गर्ने मान्छे चतुर हुन्छ, गगनले तिनलाई भाषण सुनाएर फर्काइदेलान् ?