हिप्पी र काठमाण्डौ ओडिसी
काठमाण्डौ एउटा रंगमन्च हो । यहा अनेक किसिमका नाटकहरु मंचन भइरहन्छन । कहिले संविधानसभाको नाटक, कहिले गणतन्त्रको नाटक त कहिले अनेक राजनीतिक दाउपेचका नाटकहरु । यद्यपि परम्परा र संस्कृतीमा धनी यस नगरीमा अनेक सभ्य र शिष्ट नाटकहरुपनि नभएको होइनन । जीवन नै रंगमन्च वनेपछि हाम्रा जीजीविषा नाटकै त हुन नी । यो काठमाण्डौ खाल्डोमा भुक्तमानले राज्य शुरुगरेपछि अनेक नाटकहरु मंचन भइरहेका छन र छोटे राजा गिरिजाप्रसाद र उनकी पुत्रीको नाटक चलिरहदापनि यो जारी छ । त्यसैले लाग्छ नाटक अन्त्यहिन श्रृंखला हो । यस धर्तीमा अनेक नरनारीले नाटक गरे र गए । कहिले आंशु र रगतका नाटक कहिले रोमान्चकताका कलात्मक नाटक । यही खाल्डोमा स्वतन्त्रताको खोजी गर्दै शिवजीका चेला वन्न सन साठीको दशकमा हिप्पीहरु भित्रिएका थिए । तिनै हिप्पीको संगतमा रहेका र आˆनै शव्दमा हिप्पीको कर्म गर्न नसकेका अर्ध हिप्पी प्लाष्टिक हिप्पी अभि सुवेदी अहिले रंगमन्चमा कलात्मकता देखाउने ध्याउन्नमा छन । अभि तेर्हथुमको डाडावाट ज्ञानको खोजीमा राजधानी भित्रिएका यायावर हुन । ज्ञानको खोजीमा भैसी चढेर आएका यी यायावर र स्वतन्त्रताको खोजीमा हवाइजहाज चढेर आएका हिप्पीहरुबीच यही खाल्डोमा मिलन भएको थियो । हिप्पीहरु युद्ध विरोधी थिए उनीहरु शान्ती मन पराउथे र एक आपस्तमा असाध्यै नजिकको प्रेम गर्थे । अमेरिकाले भियतनाममा युद्ध छेडेका वेला हिप्पीहरु सेनामा भर्ती हुनै पर्ने अनिवार्य नियम तोडेर भागेका थिए । उनीहरुका नाममा अलिसान महल न्युयोर्क र पेरिसमा थिए यद्यपि उनीहरु घरवार विहिन थिए । करोडौको वैंक व्यालेन्स थियो तरपनि कंगाल थिए । मनको स्वतन्त्रता र शान्तीविनाका वस्तुहरु कौडी वरावरहुन भन्ने उनीहरुको धारण थियो । हिप्पीहरु पशुपतिमा ओइरिन्थे नंगा जोगीहरुसंगै वसेर गांजाको कस लिन्थे र आˆनो माइन्डलाइ एक्स्पान्स गर्थे । उनीहरु स्वतन्त्रताका पक्षपाति थिए । स्वयम्भु विजेश्वरी उनीहरुको अखडा थियो । चर्को संगीत उनीहरुको पि्रय थियो । सवैकुरालाइ उनीहरु एसिड भन्थे । वुद्धको निर्वाणवाट प्रभावित थिए उनीहरु । शिवको स्वतन्त्रतालाइ पच्छ्याउन खोज्थे उनीहरु र प्रेमवाट शान्ती देख्थे उनीहरु । काठमाण्डौका सडकमा स्वतन्त्ररुपमा गांजाको धुंवा उडाउन पांउदा उनीहरु गौरवान्वित ठान्थे र स्वतन्तत्राको उपभोगमा गीत गाउथे । हर फुलमुन उनीहरुकालागि दशै थियो । व्लुज, रक एन्ड रोल सवै उनीहरुका पि्रय थिए । तिनै हिप्पीको लामो संगतमा रहेका अभि सुवेदीको अनुभव समेटिएको काठमाण्डौ ओडिसी नामको डकुमेन्ट्री हेर्ने मौका मैले चुकाइन । हुन त यसअघि नै डकुमेन्ट्रीको चाख लिइसकेका मित्र अश्विन उर्फ वमेले यसवारेमा वताउदा मलाइ रमाइलो लागेको थियो । तैपनि आˆनै आंखाले त्यसलाइ हेर्न र अभिसरका सस्मरण सुन्न पांउदा हिजो म थोरै उत्तेजित भए, थोरै रोमान्चित भए र केही नोष्टाल्जिक भए । पुर्वीय दर्शनवाट प्रभावित हिप्पीजमको वारेमा शेखर खरेलले अभि सुवेदीको स्मरण तान्ने कोसिश गरेको डकुमेन्ट्री प्राविधिक पक्षमा केही खल्लो लागेपसिन विषयवस्तुका हिसावले मेरा लागि अव्वल रह्यो ।