January 25, 2008

तिनांउ किनारामा शालिग्राम

शिवको पवित्र प्रतिक शालिग्राम कालीकिनारामा मात्र पाइन्छ भन्ने कथन मेरालागि यसपटक झुठो ठहरिएको छ । यसपटक मैले शालिग्राम काली किनारामा होइन तिनांउको किनारामा फेलला पारें । तिनांउको किनारामा रहेको वुटवल वजारमा मैले शालिग्राम फेला पारे । शालिग्राम शिवको रुप हो स्वच्छन्दताको रुप हो र उ स्वतन्त्रताको रुपपनि हो । मैले भेटेको शालिग्राममा पनि त्यो सवै रुप थियो ।

मैले भेटको शालिग्राम ढुंगाको भने थिएन । पवित्र आत्मा रहेको त्यो शालिग्राममा जीवन थियो जिवन्तता थियो र थियो पवित्रता । लामो कालपछि मैले भेटको शालिग्राम थियो रामकृष्ण भन्डारी । गुल्मी मुल थलो भएरपनि उर्जाशिल समयको लामो जीवन वुटवलमा विताएको रामकृष्ण मोफसलको पत्रकारिताको एक उदाहरण पनि हो । प्रविणता नसक्दै शुरु भएको रामकृष्णको पत्रकारिता उच्चशिक्षको समाप्तिमा पुग्नलाग्दापनि अझै जोर तोडका साथ जारी छ ।

पत्रकारितामा सुरक्षा र सम्मान लोप हुन लाग्यो- ख्वै म त पत्रकारिता नै छोडु क्यारे, भन्ने रामकृष्ण पत्रकारिताको मोहवाट भाग्न नसकेको भने मैले महशुस गरेको छु । मोफसलमा रहेरपनि राजधानीका पत्रकार र पत्रकारितासंग निरन्तर अन्तर्कृयारमा रहने रामकृष्ण वुटवलको वगरमा वेला वेला चिन्तित देखिएपनि पत्रकारिताकर्मवाट भाग्न नसकेको एक प्रतिनिधी पात्र हो । सफेद रामकृष्णमा भाव र विचारमा पनि उत्तिकै सेतोपना छ । लाग्छ यो रामकृष्णमा पनि कलकत्ताको कालिमन्दिरको रामकृष्णको केही छाप अवस्य परेको छ । म गम खान्छु । तंपाइ मित्रताको साचो लिएर वुटवल पुग्नु भयो भने रामकृष्णवाट कहिल्यै निराश हुनु पर्दैन । दिल खोलेर सहयोग गर्न उ हरदम तपाइ सामु आइपुग्नेछ । म जस्ता मित्रता निभाउन नजान्ने हरुका लागि गतिलो जवाफ हो रामकृष्ण ।

रामृष्णसंग दिलको नजिकको साइनो रहेरपनि मैले नभेटेको आधा दर्जन वर्ष वितिसकेछ यद्यपि रामकृष्णले त्यो साइनो नभुलेको आभाष पाउदा म रामकृष्णको मित्रतावाट ऋणी भएको छु । ख्वै राजधानी भित्रिनु पर्लाजस्तो छ-वेला वेला केन्द्रीयताको प्रभावमा परेपनि रामकृष्ण वुटवल छोड्न नसक्ने पात्र हो । यिनै पवित्र रामकृष्णमा समर्पित रहदै आजको संझना यिनै तिनांउ किनाराका रामकृष्णमा ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/01/25/p169/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com